आफूलाई नबदली दुनियाँ बदल्न सकिन्न– माओवादी नेता काफ्ले
भद्रपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सावित्रीकुमार काफ्लेले सुरुमा आफूले आफैलाई बदल्नु पर्ने समय आएको बताएका छन् ।
‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान अन्तर्गत भद्रपुरमा आइतबार आयोजित विस्तारित बैठक अभियान अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता काफ्लेले आफूलाई नबदली दुनियाँ बदल्न नसकिने बताएका हुन् र
नेकपा मओवादी केन्द्र भद्रपुर नगर कमिटीले आयोजना गरेको कार्यक्रममा उनले जनताका हरेक दुःखसुखमा साथ दिन कार्यकर्तालाई आग्रह गरे । ‘हिजोका तीतामिठा कुरा बर्सिएर अघि बढ्नुको विकल्प छैन,’ नेता काफ्लेले भने, ‘अब जनतासँगै जाने, जनताकै कुरा सुनेर आफ्नो धारणा बनाउने समय आइसकेको छ ।’
नेता काफ्लेले हरेक दिन जनतासँग जोडिएर जनताकै समस्या समाधान गर्न लागिपर्ने बताए । उनले तीन महिने अभियान तीन चरण सञ्चालन गरिने जानकारी दिए । भदौ १६ गते देशभर एकसाथ अभियानको उद्घाटन, दोस्रोमा रचनात्मक कार्यक्रमहरु सञ्चालन र तेस्रो चरणमा शान्तिपूर्ण सडक आन्दोलनबाट जनताका समस्या समाधान गर्ने योजना रहेको उनले सुनाए ।
कार्यक्रममा माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य डिल्ली घिमिरे (हिक्मत)ले अभियानको केन्द्रीय, प्रदेश र जिल्ला सर्कुलर वाचन गरेर सुनाए । उनले पार्टीका हरेक राम्रा कामहरुलाई जनतामाझ पुर्याउनु पर्ने बताए ।
नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी नेताहरु निरु खतिवडा, सञ्चार नेम्वाङ, माधवलाल अर्याल, शिवु बुढाथोकी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन नगर कमिटी सचिव हंशधर राजवंशीले गरेका थिए ।
झापा । झापाको मेचीनगर नगरपालिकाले सरकारी जग्गा अतिक्रमण...
मेचीनगर । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)...
अर्जुनधारा । चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले...
मेचीनगर । निजी तथा आवासीय विद्यालय संगठन ९...
बिर्तामोड । झापा–११ फुटबल क्लबले स्थापनापछि दोस्रो पटक...
अर्जुनधारा । मेचीनगरले भद्रपुर नगरपालिकालाई हराउँदै चौंथो खुदुनाबारी...
मेचीनगर । धुलावारी–ज्यामिरगढी–भद्रपुर सडक खण्डमा रहेको हडिया खोलाको...