माओवादीको अभियान, गाउँमै डाक्टर बोलाएर स्वास्थ्य जाँच
मेचीनगर । चिया बगानका मजदुर तथा विपन्न नागरिकलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान अन्तर्गत प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ कोशीले झापाको मेचीनगर–७ स्थित अरनिको माविमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार मुकुलचन्द्र राजवंशीको स्वास्थ्य जाँच गरेर शिविर सुचारु गरिएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघ कोशी प्रदेश इन्चार्ज भूपाल सापकोटाको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रमको प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्र कार्की रहेका थिए । उनले माओवादी जनताको दुःखसुखमा साथ दिने पार्टी भएको बताए । अभियानका झापा इञ्चार्जसमेत रहेका कार्कीले स्वास्थ्य र शिक्षालाई निःशुल्क बनाउन पार्टीले लविङ गरिरहेको जानकारी दिए ।
माओवादी केन्द्रका क्षेत्रीय संयोजक माधव अर्यालले सञ्चालन गरेको कार्यक्रममा प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघकी केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश फ्याक्सन इन्चार्ज अञ्जना पोखरेलले गरिबदुखीको घरघरमा पुगेर स्वास्थ्य सेवा प्रवाह गर्ने बताइन् । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा अभियानका मेचीनगर–बुद्धशान्ति इञ्चार्ज गोम्बु शेर्पा, माओवादी केन्द्र जिल्ला समन्वय समिति झापा संयोजक राजु आचार्य ‘अग्नि’, अखिल नेपाल चिया मजदुर संगठन केन्द्रीय अध्यक्ष सीता सापकोटा, अरनिको मावि व्यवस्थापन समिति अध्यक्ष निर्मलकुमार अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।
शिविरमा डा. सफीउर रहमान, डा. कविता यादव, डा. फैयाज अन्सारी, डा. सोनालीसिंह गौतम, डा. मुरलीप्रसाद शाह, हेम नारायण मेहता, कल्पना चापागाईं, अरविन्द यादव, जावेद अन्सारी, सकिना खातुन, सृजना माझी, अणु चौधरी, इमरान अन्सारी, शाहिद अन्सारी लगायतको विशेषज्ञ टोली स्वास्थ्य जाँचमा खटिएको छ ।
स्वास्थ्य शिविरमा जनरल फिजिसियन, जनरल सर्जरी, स्त्री तथा प्रसुति रोग, दन्त चिकित्सा, भिडियो एक्स रे, ल्याव तथा इसीजी, हाडजोर्नी तथा नशा रोग, नव शिशु तथा बाल रोग, क्यान्सर रोग स्क्रिनिङ, नाक, कान, घाँटी रोग, आँखा रोग, छाला तथा यौन रोग, छाती तथा पेट सम्बन्धी रोगको जाँच भइरहेको छ ।
बिहान ११ बजेदेखि सुरु भएको स्वास्थ्य शिविरमा विशेषज्ञ डाक्टरहरुले जाँच गर्दै औषधि समेत वितरण गरिएको छ । स्थानीयले गाउँमै डाक्टर बोलाएर सेवा दिएकोमा खुशी व्यक्त गरेका छन् । स्थानीय सेवा लिन अरनिको माविमा सयौँ उपस्थित भएका छन् । शिविर साँझसम्म सञ्चालन गरिने र अधिकतम् धेरै विरामीलाई सेवा दिने लक्ष्य राखिएको छ ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
