विद्यार्थी एक्कासी बेहोस भएर ढल्न थालेपछि स्वास्थ्यकर्मी लिएर पुगे मेयर बुढाथोकी
मेचीनगर । मेचीनगर-६ स्थित काँकरभिट्टा माविमा अध्ययरत विद्यार्थी बेहोस हुन थालेपछि नगरप्रमुख गोपालचन्द्र बुढाथोकी स्वास्थ्यकर्मी सहितको टोलि लिएर विद्यालय पुगेका छन् ।
केहि दिन अघिदेखि काँकरभिट्टा माविमा अध्ययन गर्न आउँने विद्यार्थीहरु एकदुई जना बेहोस हुने क्रम रहेकोमा आइतबार मात्रै कक्षा ७ मा अध्ययरत १३ जना छात्राहरू कक्षा कोठामा नै चिच्याउने, काम्ने, तथा बेहोस हुन थालेपछि विद्यालयको पठनपाठनमा समेत केहि समस्या भएको प्रअ हरि न्यौपानेले बताए ।
दिउँसो कक्षा चलिरहेका बेला कक्षा ७ का विद्यार्थी बेहोस भएर ढलेका हुन् । विद्याथीहरु चिच्याउने, काम्ने, र बेहोस हुन थालेसंगै पठनपाठनमा समेत समस्या हुन थालेपछि नगरप्रमुख बुढाथोकी विद्यार्थीको अवस्था बुझ्न र स्वास्थ्य उपचार गर्न विद्यालय पुगेका थिए । उनले आफुसंगै जनप्रतिनिधि र मेचीनगरका स्वास्थ्यमर्की सबै विद्यार्थीकै साथमा रहेको बताउँदै नअत्तालि आफ्नो आत्माबल उच्च राख्न सुझाए ।
उनीहरुलाई गर्मी र मास हिस्टेरीको लक्षण देखिएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले बताइन् । उनले अहिले विद्याथीको अवस्था सामान्य रहेको जानकारी दिइन् ।
नगरप्रमुख बुढाथोकी, वडा नम्बर १० का वडाध्यक्ष नारायण खनाल, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, स्वास्थ्य शाखा प्रमुख सविता सापकोटालगायत स्वास्थ्यकमीले विद्यार्थीलाई आत्मबल बढाउन सचेतना दिएका थिए ।
मेचीनगर । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको पुनः एकिकरण...
मेचीनगर । झापाको मेचीनगर–४ स्थित बाहुनडाँगीमा बढ्दो आत्महत्या...
धुलाबारी । २०७९ सालदेखि अगरवत्ती उत्पादन गर्दै आएको...
बिर्तामोड । बालमैत्री वातावरणमा पठनपाठन हुने बिर्तामोड– ३...
मेचीनगर । मेचीनगर नगरपालिकाको आयोजनामा सञ्चालित सुरक्षित आप्रवासन...
झापा । चाइनामा जारी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले...
मेचीनगर । मेभीनगर –७ वडा कार्यालयको आयोजना तथा...