रोट्याक क्लब मेचीनगर : एकदिने निःशुल्क आँखा शिविर
मेचीनगर । रोट्याक क्लब अफ मेचीनगरको आयोजनामा मेचीनगर-८ मा एकदिने निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । मेचीनगर-८ स्थित दुर्गेस्वरी सामुदायिक भवनमा शनिबार आयोजित निःशुल्क आँखा शिविरमा २८१ जनाले आफ्नो आँखा परिक्षण गराएका थिए ।
काँकरभिट्टा आई केयर सेन्टरको प्राबिधिक सहयोगमा सम्पन्न शिविरमा आँखा परिक्षण गराएका मध्ये २५ जनाको मोतिया बिन्दुको निःशुल्क शल्यक्रिया गर्नुका साथै ९ जनाको आँखामा मासु पलाएको समस्या पुष्टि भएको हुँदा उनीहरुलाई समेत शल्यक्रिया गरिने कार्यक्रम संयोजक अमर मेचेले जानकारी दिए ।
रोट्याक क्लब अफ मेचीनगरका अध्यक्षता श्याम शिवाकोटी अध्यक्षतामा आयोजना भएको कार्यक्रममा मेचीनगर-८ का वडाध्यक्ष गिरीराज धमलाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा सदस्य तथा न्यायिक समिति सदस्य कुन्दन निरौला, कार्यपालिका सदस्य तथा भौतिक तथा पूर्वाधार विकास संयोजक चित्र धिमाल, कार्यपालिका सदस्य तथा लेखा समिति सदस्य कविता मिजार, पूर्व वडा सदस्य सन्तोष मेचे, खिला मेचे, वडा मेलमिलप कर्ता गणेश कार्की र समावेशी टोल अध्यक्ष विशु लाल मेचेलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम सञ्चालन आयोजक क्लबकी सचिव लुना दाहालले गरेकी थिइन् ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
