राष्ट्रिय युवा संघ झापा : याङबरकका बाढी–पहिरो पीडितलाई खाद्यान्न वितरण
झापा । पाँचथर जिल्लाको याङबरक गाउँपालिकामा गत असार २ गतेको बाढी पहिरोबाट पीडित परिवारलाई राष्ट्रिय युवा संघ नेपालले राहत सामाग्री वितरण गरेको छ ।
‘दुखिको घर : युवाको भर’ भन्ने मूल नाराका साथ राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटीको अगुवाइ जिल्ला कमिटी झापाको पहल र स्थानीय पालिकाको सहयोगमा राहत वितरण गरिएको हो । युवा संघले राहत स्वरूप १ सय २४ बोरा चामल वितरण गरेको छ ।
राहत वितरण कार्यक्रममा संगठनका केन्द्रीय कमिटी सदस्य खगेन्द्रराज आङ्देम्बे, सागर पोर्तेल र कमल थपलियाले युवा संघको तर्फबाट भनाइ राख्नु भएको थियो । कार्यक्रममा राष्ट्रिय युवा संघ प्रदेश कमिटी सदस्य रघु धिमाल, झापा जिल्ला कमिटी अध्यक्ष फुर्बा लामाको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा एमाले जिल्ला कमिटी उपसचिव नरबहादुर गुरुङ, जिल्ला सचिवालय सदस्य सुरेन राई, मेरुन योङ्हाङ लगायतको सहभागिता थियो ।

मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
