तारापुञ्ज साकोस : स्कुल व्याग वितरण

चारआली । शहिद दशरथचन्द माध्यामिक बिद्यालयमा अध्ययानरत विद्यार्थीलाई स्कुल व्याग वितरण गरिएको छ । कक्षा एकदेखी ५ सम्मका ७० जना विद्यार्थीहरुलाई स्कुल व्याग वितरण गरिएको हो ।
तारापुञ्ज बचत तथा ऋण सहकारी सस्था लि. मेचीनगर–१३ चारआलीले एक कार्यक्रमको आयोजना गरि स्कुल व्याग वितरण गरेको व्यवस्थापक मोहन अधिकारीले बताए । शहिद दशरथचन्द माध्यामिक बिद्यालयका अध्यक्ष केशर बुढाथोकीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको स्वागत सस्थाकी सदस्य कुशुुम कोइरालले गरेकी थिइन् ।
तारापुञ्ज बचत तथा ऋण सहकारी सस्था लि. का अध्यक्ष टिकाराम रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखनाथ पौडेल, दुर्गाप्रसाद निरौला प्रकाश चापागाईलगायतको उपस्थिती रहेको थियो ।

मेचीनगर । जोरसिमल मेचे समाज विकास समितिको आयोजनामा...

काँकरभिट्टा । मेची भन्सार कार्यालयले नौ महिनामा राजश्व...

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलले...

मेचीनगर । राजवंशी समाज विकास समिति मेचीनगर– ७...

बिर्तामोड । नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा...