मेचीनगरमा विपद व्यवस्थापन सम्बन्धी अभिमुखीकरण सम्पन्न
मेचीनगर । हरेक किसिमका विपदबाट समुदायलाई कसरी बचाउन सकिन्छ रु भन्ने विषयमा सोमबार मेचीनगरमा सरोकारवालाहरुबीच छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर स्वास्थ्य शाखाको आयोजना रहेको कार्यक्रममा विपदको समयमा अपनाउनुपर्ने कार्य तथा विपद समाधानका लागि अवलम्बन गर्नुपर्ने उपायहरुका बारेमा छलफल भएको हो ।
कार्यक्रममा वडा स्तरीय तवरबाटै विपद प्रतिकार्य योजना बनाएर अघि बढ्नुपर्ने, र्यापिड रेस्पोन्स टिम गठन गर्नुपर्ने तथा विपदमा टिमले खेल्नुपर्ने भूमिकाको बारेमा जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन विश्वनाथ श्रेष्ठले प्रकास पारेका थिए । श्रेष्ठले वडा, नगर, प्रदेश तथा केन्द्रीय टिम तथा समितिको काम कर्तव्य र अधिकारका बारेमा जानकारी गराए । विपदका हिसावले नेपाल २० औं नम्बरमा रहेको तथ्याङक सार्वजनिक गर्दै उनले विपदबाट बच्न र बचाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।
मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेतीको सभापतित्वमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले विपद जुनसुकै बेला पनि आउन सक्ने भएकोले विपद व्यवस्थापन टिम जुनसुकैबेलापनि तयारी अवस्थामा रहनु पर्ने बताए ।
कार्यक्रममा मेचीनगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती, स्वास्थ्य अधिकृत दिपेन्द्र कार्की, नेपाल रेटक्रश सोसाइटी मेचीनगरका सभापति रमेश दाहाल, मेचीनगरमा रहेका सरकारी तथा निजी क्लिनीक तथा अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले गरेकी थिइन् ।
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...


