खुट्टीडाँगी वन समिति उत्रियो ‘एक्सन’मा
धुलाबारी । मेचीनगर–९ स्थित खुट्टीडाँगी सामुदायिक वन उपभोक्ता समूहले जथाभावी फोहोर फ्याँक्नेलाई ठाउँको ठाउँ कारवाही गर्ने भएको छ ।
वन क्षेत्रमा जथाभावी फोहोर फ्याँक्ने क्रम बढेपछि समिति एक्सनमा उत्रिएको हो । शनिबार स्थानीय संघसंस्था तथा उपभोक्ता समितिले सरसफाइ गरेको थियो । सरसफाइका क्रममा वन परिसर क्षेत्रमा फोहोरको डंगुर भेटिएको थियो । वरिपरि बस्ती भएकाले स्थानीय तथा बाहिरका व्यक्तिले वन परिसरलाई डम्पिङ साइट बनाएका छन् ।
सरसफाइका क्रममा वनको उत्तरी क्षेत्रमा वियरका बतल, प्लाष्टिजन्य वस्तु भेटिएको थियो । सरसफाइमा स्थानीय रिदम नेपालले पनि सहयोग गरेको थियो । क्लबका अध्यक्ष रुद्र रोक्का तथा कोषाध्यक्ष इन्द्र ढकालले वन क्षेत्रलाई सफा बनाउने अभियानमा जोडिएको बताए ।
वन समितिले जथाभावी फोहोर नफ्याँक्न आग्रह गरेको छ । वन क्षेत्रमा फोहोर फालेको भेटिए ५ हजारसम्म जरिवाना लिइने वन समितिका अध्यक्ष टंक बहादुर नेपालले बताए । उनले फोहोर फाल्ने व्यक्तिको सूचना दिनेलाई पुरस्कृत र फोहोर फ्याँक्नेलाई दण्डित गरिने बताए ।
पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको उक्त वनलाई सफा र हराभरा बनाउने समितिको उदेश्य छ । त्यसैले वन क्षेत्रको वातावरण स्वच्छ र सफा राख्न सबै पक्ष लाग्नु पर्ने वन समितिका कार्यालय सचिव राजु धिमालले बताए ।
………………………
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...


