सहिदद्वय वीरेन र विश्वनाथको नामबाट मेचीनगरका दुई सडक घोषणा

झापा । झापाको मेचीनगर नगरपालिकाले सहिदलाई सम्मान गर्दै नगरका प्रमुख दुइ सडकलाई सहिद स्मृति मार्गको रुपमा घोषणा गरेको छ । नगरपालिकाकले मेचीनगर–६ स्थित काँकरभिट्टा बाहुण्डाँगी हुँदै निन्दा सिरान जोडने सडक र मेचीनगर १० स्थित धुलाबारी, ज्यामिरगढी हडिया सम्मको सडकलाई सहिदको नामबाट नमकरण गरेको हो।
बिहीवार नगरको बार्षिक नीति तथा कार्यक्रमको समापन शत्रमा बोल्दै नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बिशेष प्रस्ताव मार्फत धुलाबारी ज्यामिरगढी जोड्ने सडक सहित बिरेन राजबंशीको नामबाट बिरेन राजबंशी मार्ग घोषणा गरेका हुन् । त्यस्तै काकँरभिट्टा बाहुण्डाँगी सडक सहिद बिश्वनाथ घिमिरेको नाममा सहिद बिश्वनाथ घिमिरे मार्ग घोषणा गरेका छन् ।
जेल सार्ने बहानामा झापा सदरमुकाम चन्द्रगढीबाट इलाम लैजाँदा दक्षिण इलामको सुखानी जंगलमा २१ फागुन २०२९ मा गोलीहानी मारिएका पाँच झापाली कम्युनिष्ट योद्धाहरु मध्येका एक हुन बिरेन राजबंशी । ऐतिहासिक झापा आन्दोलनका महान् शहिदहरू नेत्र घिमिरे, रामनाथ दाहाल, बिरेन राजबंशी, कृष्ण कुइकेल र नारायण श्रेष्ठ थिए । आज उनै बिरनेको नामबाट मार्ग घोषणा भएको छ ।
त्यस्तै काँकडभिट्टाबाट निन्दा सिरान सम्मको सडकलाई सहिद बिश्वनाथ घिमिरे मार्ग घोषणा गरिएको छ । झापा जिल्लाको प्रथम सहिद बिश्वनाथ घिमिरे लोकतन्त्र र देशको लागि सहिद बनेका थिए । उनको कर्मस्थल र सहादतस्थल दुबै क्षेत्रलाई समेटदै सहिद बिश्वनाथ घिमिरे स्मृति मार्ग नामकरण गरेको छ ।
स्थानीय सरकारले सहिदद्वय वीरेन र विश्वनाथको सम्मान गरेको भन्दै मेचीनगरबासीले उक्त कार्यको प्रशंसा गरिरहेका छन् ।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...