कालिका सिमसारमा छाडियो १३ हजार माछाका भुरा
मेचीनगर । कालिका सामुदायिक वन उपभोक्ता समुह मेचीनगर १२ परिषरमा रहेको सिमसारमा प्राकृतिक जलाशाय अनुकुल हुर्कने जातका माछाका भुरा छोडिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाको बार्षिक ‘प्राकृतिक जलाशायमा माछाका भुरा छोड्ने’ कार्यक्रम अन्तर्गत सोमबार कालिका सिमसारमा माछाका भुरा छोडिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाकी कार्यालय प्रमुख शितल भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिमसार क्षेत्रमा १३ हजार माछाका भुरा छोडिएको छ ।

सिमसारमा छोडिएको उक्त माछालाई अरु माछालाई जस्तो हेरचाह गर्न नपर्ने, आहारको व्यवस्था गर्न नपर्ने, जलाशायमा आफै हुर्कने भएका कारण यस माछा प्राकृतिक जलाशाय क्षेत्रमा छोडिएको उक्त कार्यालयकी प्रमुख भट्टराईले बताउनुभयो ।
जलाशालयहरुमा पहिला जस्तो माछा पाइन छोडेको जनाउँदै उहाँले जैविक विविधता बाचइराख्न यस कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा मेचीनगर ११ र १२ का वडाध्यक्ष रुद्र डाँगी, मधुसुदन निरौला, कालिका सामुदायिक वनका अध्यक्ष योगेश भट्टराई, मेचीनगर पशु सेवा शाखा प्रमुख छत्र कुलुङ लगायतको आतिथ्यता रहेको थियो ।
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
