मेचीनगर : नदीजन्य पदार्थ उत्खनन र संकलनमा रोक
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्यमा रोक लगाएको छ । नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै उक्त कुरा जनाएको हो ।
मेचीनगरको मेची, निन्दा, टिमाइलगायतका खोलाबाट ढुंगा, गिट्टी, बालुवालगायतको नदिजन्य पदार्थ प्रयोग गरिँदै आएको छ ।
नगरपालिकाले नेपाल सरकारको निणर्यानुसार बिगत बर्षहरु झै यस वर्ष पनि आषाढ, श्रावण र भाद्र महिनाभरी यस नगरपालिका क्षेत्रमा रहेको नदी, खोलाहरुबाट नदीजन्य सामाग्रीहरु जस्तै ढुंगा, गिट्टी, बालुवा, ग्राभेल आदि उत्खनन तथा संकलन कार्य बन्द गरिएको मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले जानकारी दिए ।
उत्खनन तथा संकलनमा यदि कसैले नेपाल सरकारको उक्त निणर्यहरुको बर्खिलाप भएको पाइएमा नियमानुसार दण्ड, जरिवाना गरिने उनले बताए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
