इटहरी उपमहानगरपालिकासंग मेचीनगरको न्यायिक अनुभव साटासाट
मेचीनगर । झापाको मेचीनगर नगरपालिका र सुनसरीको इटहरी उपमहानगरपालिकाले गरेको न्यायिक कार्य सम्पादनको बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार इटहरी उपमहानगरपालिकाको सभाहलमा आयोजना भएको कार्यक्रममा मेचीनगर न्यायिक समिति सदस्य कुन्दन निरौलाले मेचीनगरमा अपनाइएको न्यायिक कार्य सम्पादनको बिषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक संगिता चौधरीले इटहरी उपमहानगरपालिका न्यायिक समितिले गरेका मेलमिलापको बिषयमा जानकारी गराएकी थिइन् । उनले इटहरीमा नगरस्तरीय मेलमिलाप समिति समेत गठन गरि न्यायसम्पादन भइरहेको बताइन् ।
कार्यक्रममा मेचीनगर न्यायिक अधिकृत इन्दिरा खरेल, इटहरी उपमहानगरपालिकाका कानुन अधिकृत कमल प्रसाद पोखरेल, इटहरी मेलमिलाप समिति संयोजक विमला ढकाल, मेचीनगर न्यायिक समिति सदस्य हरिनारायण न्यौपानेलगायले बोलेका थिए ।
तीनदिने न्यायिक तथा मेलमिलाप समितिको अध्ययान अवलोकनका क्रममा टोलि इटहरी आइपुगेको हो । बुधबार बिहान मेचीनगरकी उपप्रमुख मीना पोखरेल उप्रेतीले शुभकामना सहित बिदाइ गरेकी थिइन् । मेचीनगरको टोलि खादबारी, धनकुटा, पाख्रीबास र धरान उपमहानगरपालिकाका न्यायिक समितिसंग छलफल गरि शुक्रबार फर्कने कार्यक्रम रहेको अध्यायन तथा अवलोकन टोलिका संयोजक सन्तोष न्यौपानेले बताए ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...


