जेठ २५ गते मेचीनगरमा बुद्धकला यात्रा

मेचीनगर । नेपाली कलाको इतिहासमै पहिलो पटक मेचीनगरमा उपयोगी कला प्रदर्शनी तथा बुद्धकला यात्रा हुने भएको छ । ललितकला जस्तै उपयोगी कलालाई पनि एक महत्वपूर्ण विधा मानिन्छ ।
आउँदो जेठ २५ गते विहीवार मेचीनगरस्थित इटाभट्टाको आदर्श माविमा कार्यक्रम गर्न लागिएको परिकल्पनाकार तथा कला संयोजक केसाङ लामाले बताए । बुद्धको देश नेपाल भनेर चिनाउन उक्त कार्यक्रम आयोजना गरिएको हो । उक्त दिन हातले लेखेको सबैभन्दा लामो ८० मिटरको ब्यानर प्रदर्शनी गरिनेछ ।
यस्तै, कार्यक्रममा १५० विद्यार्थीले ‘यो हो बुद्धको देश नेपाल’ गीत एकैपटक गाउने छन् । उक्त गीत पनि केसाङ लामाले लेखेका हुन् । कलाकार लामा मेचीनगर−६ निवासी हुन् । उनी लामो समयदेखि आर्टकलामा कृयाशील छन् । आर्टकलामार्फत उनले देशभर अभियान सञ्चालन गर्दै आएका छन् ।
कलाकार लामाले बुद्धयात्रालाई अभियानको रुपमा सञ्चालन गरिने बताए । उनले भने, ‘मेचीनगरबाट अभियान सुरु गरेको छौं, अभियानलाई लुम्बिनीसँग जोडेर विश्वभर नेपाललाई चिनाउने हाम्रो प्रयास हो ।’ उनले आफ्नै प्रयासबाट उपयोगी कलालाई स्थापित गर्न लागिएको पनि स्पष्ट पारे ।

मेचीनगर । जोरसिमल मेचे समाज विकास समितिको आयोजनामा...

काँकरभिट्टा । मेची भन्सार कार्यालयले नौ महिनामा राजश्व...

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलले...

मेचीनगर । राजवंशी समाज विकास समिति मेचीनगर– ७...

बिर्तामोड । नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा...