मेचीनगरका विद्यालयमा थपियो दुई दिन विदा
मेचीनगर । अत्यधिक गर्मीका कारण मेचीनगर नगरपालिकाले नगर भित्रका विद्यालयमा दुई दिन विदा थपेको छ ।
नगर भित्रका विद्यालयमा आइतबार र सोमबार विदा हुने भएको छ । अत्याधिक गर्मी बढेको भन्दै बर्खे विदा कटौती गरी विदा थप गरिएको मेचीनगर नगर शिक्षा कार्यालय शाखाले जनाएको छ ।
मेचीनगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले एक सूचना निकालेर विद्यालय विदा गर्न निर्देशन दिएका छन् । केही दिनदेखि झापासहित तराईका जिल्लामा गर्मी बढेको छ । मेचीनगरले गत विहीवारदेखि तीन विदा दिएको थियो । गर्मीका कारण विदालाई निरन्तरता दिँदै दुई दिन विदा थपेको हो ।

मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
