मेचीनगरमा सामाजिक सुरक्षा भत्ता मंगलबारदेखि वितरण हुने
मेचीनगर । मेचीनगरमा सामाजिक सुरक्षा भत्ता मंगलबारदेखि पाउने भएका छन् । आज नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले कोष तथा लेखा नियन्त्रक कार्यालय भद्रपुर झापा पुगेर यथाशीघ्र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन आग्रह गरेका थिए ।
राज्यले दिदै आएको सामाजिक सुरक्षा भत्ता वापतको रकम समयमा उपलब्ध नहुँदा मेचीनगर क्षेत्रका जेष्ठ नागरिक, लगायत लक्षित वर्गलाई समस्या भएको भन्दै नगरप्रमुख बुढाथोकीले कोलनिका नै पुगेर मंगलबार सम्ममा भत्ता उपलब्ध गराउने वातावरण मिलाएका छन् ।
विगतदेखि नै मेचीनगरमा सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या देखिएको कोष तथा लेखा नियन्त्रक कार्यालय भद्रपुरका प्रमुख मधु पोखरेल बताउँछन् । उनले मेचीनगरमा लेखा, सम्बन्धि कर्मचारी र बैकको गलत विवरणले गर्दा समस्या भएको बताउँदै प्रमुख पोखरेलले मेचीनगरमा समयमै सामाजिक सुरक्षा भत्ता पठाउँन नसकिएको बताए । साथै नगर प्रमुख स्वयं कार्यालयमा उपस्थित भएर जनतालाई समस्या भएको बताए पछि अहिलेलाई मंगलबार सम्ममा भत्ताको रकम पठाइसक्ने उनले बताए ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
