मेचीनगर १४ : स्वरोजगारका लागि उद्यमशिलता तालिम
दुहागढी । मेचीनगर १४ नं वडा कार्यलयले स्वरोजगारका लागि उद्यमशिलता तालिम सञ्चालन गरिरहेको छ । मेचीनगर १४ का विपन्न समुदायबाट महिला र पुरुष गरि २५ जना लाई स्वरोजगारका लागि उद्यमशिलता तालिम सञ्चालन गरेको हो । ८ दिन सम्म सञ्चालन हुने तालिममा वाइरिङ, प्लममिङ, गमला, फूल बनाउने तरिका बारे सिकाउने गरिएको प्रशिक्षक गंगा सोटेङले बताइन् ।

मेचीनगर १४ कार्यलयले वडामा रहेका विपन्न परिवारका लागि भनेर विभिन्न स्वरोजगार मुलक तालिम सञ्चालन गर्दै आएको छ । जसअनुसार वडाको २ लाख रुपैँयाको लागतमा १५ जना लाई ड्राइभिङ सिकाइ रहेको छ । वडाको विपन्न परिवारको तर्फबाट सहभागी गराउदैँ सञ्चालन भइ रहेको ड्राइभिङ सिकाइमा चारआली ड्राइभिङ सेन्टरले प्राविधिक सहयोग गरिरहेको मेचीनगर १४ को वडाध्यक्ष बाबुलाल सुब्बाले बताए ।
स्थानिय स्तरमै सेनेटरी प्याड उत्पादनका लागि गत साता मात्रै ७ दिने तालिम सञ्चालन गरिएको थियो । मेचीनगर १४ वडा कार्यलयको २ लाख आर्थिक सहयोगमा सञ्चालन गरिएको सेनेटरी प्याड उत्पादन सम्बन्धी ७ दिने तालिममा २० जना को सहभागिता रहेको थियो । वडाका १८ देखि ४० वर्ष सम्मका विपन्न महिलाहरुलाई लक्ष्ति गरि तालिम सञ्चालन गरिएको वडाध्यक्ष सुब्बाले खबरमञ्च लाई बताए ।

सेनेटरी प्याड उत्पादन सम्बन्धी ७ दिने तालिमको उद्घाटन सत्रमा भोलानाथ सुवेदी, न्यायीक समिति सदस्य मेनुका घिमिरे, माओवादी केन्द्र मेचीनगर १४ की अध्यक्ष आशा उप्रेती, टोल संयोजक विन्दा प्रसाई, वडा सचिव लक्ष्मी राई लगायतले मन्तव्य राखेका थिए । तालिमको सहजीकरण सरस्वती चौलागाईले गरेकी थिइन् ।

मेचीनगर १४ ले भौतिक पूर्वाधार सगँसगैँ वडावासीको जीवन स्तर उकास्न विभिन्न योजनाहरु संञ्चालन गरिरहेको वडाध्यक्ष सुब्बाले बताए । जनताको आवश्यकतालाई पहिलो प्राथमिकतामा राखी वडाले कार्य योजना बनाएको वडाध्यक्ष सुब्बाले बताए ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
