चम्लागाईको अध्यक्षतामा ९ सदस्यीय मेचीनगर सञ्चार प्रतिष्ठान
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा सञ्चार प्रतिष्ठान गठन भएको छ । पत्रकार शिशिर चम्लागाईको अध्यक्षतामा ९ सदस्यीय मेचीनगर सञ्चार प्रतिष्ठान गठन भएको हो ।
मेचीनगरले पालिका स्तरमा कोशी प्रदेशमा नै पहिलोपटक सञ्चार प्रतिष्ठान गठन गर्दै नगरलाई सञ्चारमैत्री बनाउने अभियान थालेको छ ।
नगरपालिकाले अब सञ्चार क्षेत्रका सम्पूर्ण काम कार्वाही पत्रकारहरू कै माध्यमबाट सञ्चार प्रतिष्ठान मार्फत गर्ने गरी अधिकार सम्पन्न सञ्चार प्रतिष्ठान गठन गरिएको बरिस्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तीले जानकारी दिए । उनले सञ्चार प्रतिष्ठान गठन भएसंगै अब मिडिया र मिडियाकर्मीसम्बन्धि सम्पुर्ण कार्य सञ्चार प्रतिष्ठानले नै गर्ने बताए ।
सञ्चार प्रतिष्ठानको सचिवमा पत्रकार प्रकाश पौडेल, सदस्य हरूमा अर्जुन कार्की, झुलन रेग्मी, भूमिका सुब्बा, सुष्मा राजवंशी, किशोर उपरकोटी, हेमन्त निरौला र गगन ढकाल रहेका छन् ।
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
