काँकरभिट्टा क्याम्पस : स्ववियु सभापतिमा नेविसंघका तामाङ निर्वाचित
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघको बर्चश्व कायम भएको छ । चैत १० गते शुक्रबार सम्पन्न स्ववियु निर्वाचनको अन्तिम मत परिणाम अनुसार नेवि संघले कोषाध्यक्ष बाहेक प्रत्यक्षतर्फ सबै पदमा विजयी हासिल गरेको छ ।
स्ववियु निर्वाचनमा नेपाल विद्यार्थीसंघको तर्फबाट सभापति पदमा उम्मेदवारी दिएका विशाल तामाङ निर्वाचित भए । उनले दुई सय ५० मत प्राप्त गरे । उनको प्रतिस्पर्धी एस निकट अनेरास्ववियूका विनम सरदारले एक सय ९० तथा एमाले निकट अनेरास्ववियुका रोषन भुजेलले ४८ मत ल्याए ।
स्ववियु सचिवमा पनि नेवि संघकै उमेद्वार सुवाश खत्री निर्वाचित भए । उनले एक सय ८२ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी एस निकट अनेरास्ववियूका सुरज राजवंशीले एक ६५ तथा एमाले निकट अनेरास्ववियुका सन्देश पौडेलले एक ३५ मत ल्याए ।
यस्तै कोषाध्यक्ष पदमा नेकपा एस निकट अनेरास्ववियूकी उमेद्वार अनुषा अर्याल निर्वाचित भइन् । उनले एक सय ६९ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी नेविसंघकी निशा धमलाले एक सय ५३ तथा एमाले निकट अनेरास्ववियुकी प्रतिमा रिजालले एक सय ४६ मत ल्याइन् ।
स्ववियु सदस्यहरुमा नेविसंघका सुरज चिमरिया (२१७), रिया ढुगाना (२०७), अंकितप्रसाद चम्लागाई (१८५), योगेन्द्र खड्का (बरदान) (१८१) र सुरज राई (१४५) मत सहित निर्वाचित भएका छन् ।
छ सय १६ मतदाता विद्यार्थी काँकरभिट्टा क्याम्पसमा पाँच सय चार जनाले मतदान गरेका थिए ।
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...


