मेचीनगर : पन्ध्रवटै वडा र स्वास्थ्य संस्थामा इ-हाजिरी
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा इ-हाजिरी जडानगरी त्यसलाई प्रयोगमा ल्याइएको छ । आज नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले इ-हाजिरी सिस्टमको निरिक्षण गरी विधिवत उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा नगरप्रमुख बुढाथोकीसंगै प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, सूचना प्रविधि अधिकृत अशोककुमार भेटवाललगायतको उपस्थिति रहेको थियो ।

मेचीनगरलाई प्रविधिमैत्रि बनाउने उदेश्यले नगरका पन्ध्रवटै वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा इ-हाजिरी जडान गरी प्रयोगमा ल्याइएको छ । नागरिकलाई सहजरुपमा समयमा नै सेवा प्रदान गर्न इ हाजिरीले सहयोग पुग्ने नगरपालिका कार्यालयले जनाएको छ । नगरका पन्द्रवटै वडा, स्वास्थ्य संस्थासंगै अहिले पहिलो चरणमा काँकडभिट्टा मावि मेचीनगर-६ काँकडभिट्टा र सहिद दशरथचन्द मावि मेचीनगर-१३ चारआलीमा समेत इ-हाजिरी जडान गरी प्रयोगमा ल्याइएको छ ।
कर्मचारी समयमा नै कार्यालय आउने र कार्यसम्पादन गर्ने गर्दा आम नागरिकले अनावश्यक शास्ती व्यहोर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास नगरपालिकाले लिएको नगर प्रमुख बुढाथोकीले बताए । उनले नगरबासीको सहजताको लागि चाडै नै अनलाइनबाट घरमा नै बसीबसी राजस्व तिर्ने व्यवस्था मिलाउने कार्य अन्तिम चरणमा पुगेको बताए । साथै अब चाडै अनलाइन सेवा बाट नगरपालिका र वडाबाट उपलब्ध हुने सिफारिस लगायतका सेवाहरू उपलब्ध गराउने कार्य अगाडी बढीसकेको बताए ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...

