मेचीनगर : पन्ध्रवटै वडा र स्वास्थ्य संस्थामा इ-हाजिरी

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा इ-हाजिरी जडानगरी त्यसलाई प्रयोगमा ल्याइएको छ । आज नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले इ-हाजिरी सिस्टमको निरिक्षण गरी विधिवत उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा नगरप्रमुख बुढाथोकीसंगै प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, सूचना प्रविधि अधिकृत अशोककुमार भेटवाललगायतको उपस्थिति रहेको थियो ।
मेचीनगरलाई प्रविधिमैत्रि बनाउने उदेश्यले नगरका पन्ध्रवटै वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा इ-हाजिरी जडान गरी प्रयोगमा ल्याइएको छ । नागरिकलाई सहजरुपमा समयमा नै सेवा प्रदान गर्न इ हाजिरीले सहयोग पुग्ने नगरपालिका कार्यालयले जनाएको छ । नगरका पन्द्रवटै वडा, स्वास्थ्य संस्थासंगै अहिले पहिलो चरणमा काँकडभिट्टा मावि मेचीनगर-६ काँकडभिट्टा र सहिद दशरथचन्द मावि मेचीनगर-१३ चारआलीमा समेत इ-हाजिरी जडान गरी प्रयोगमा ल्याइएको छ ।
कर्मचारी समयमा नै कार्यालय आउने र कार्यसम्पादन गर्ने गर्दा आम नागरिकले अनावश्यक शास्ती व्यहोर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास नगरपालिकाले लिएको नगर प्रमुख बुढाथोकीले बताए । उनले नगरबासीको सहजताको लागि चाडै नै अनलाइनबाट घरमा नै बसीबसी राजस्व तिर्ने व्यवस्था मिलाउने कार्य अन्तिम चरणमा पुगेको बताए । साथै अब चाडै अनलाइन सेवा बाट नगरपालिका र वडाबाट उपलब्ध हुने सिफारिस लगायतका सेवाहरू उपलब्ध गराउने कार्य अगाडी बढीसकेको बताए ।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...