लागुपदार्थ दुर्व्यसन विरुद्ध सचेतना जगाउँन भोलिदेखि प्यारीभिट्टा महोत्सव
मेचीनगर । प्यारीभिट्टा युवा क्लक मेचीनगर ७ ले भोलिदेखि प्यारीभिट्टा महोत्सव २०७९ आयोजना गर्दैछ । लागुपदार्थ दुर्व्यसन विरुद्ध सचेतना जगाउने उदश्यले चैत ५ गतेदेखि आयोजना हुने महोत्सव आगामी चैत २० गतेसम्म सञ्चालन हुँदैछ ।

सामाजिक बिकृति, बिसंगती र लागुपदार्थ दुव्र्यसनको बिरुद्ध सचेतना जगाउने उदेश्यले आयोजना गरिन लागेको महोत्सवमा राष्ट्रिय ख्यतिप्राप्त कलाकारहरुको बृह्त साँस्कृतिक कार्यक्रम रहने आयोजक प्यारीभिट्टा युवा क्लकका अध्यक्ष मुक्तिनाथ काफ्लेले जानकारी दिए । उनले भोलिदेखि सुरु हुने महोत्सवमा राष्ट्रिय ख्यतिप्राप्त कलाकारहरु गायक प्रमोद खरेल, शिव परियार, मेलीना राई, रचना रिमाल, ज्योति मगर, एलिना चौहान, तृष्ण गुरुङ, चर्चित हास्यकलाकार सन्दिप क्षेत्रिलगायलको प्रस्तुती रहने जनाए ।

उनले महोत्सवमा विभिन्न स्टलहरुसंगै नेपालकै ठुलो रोटेपिङलगायत विभिन्न मनोरञ्जनका खेल सामाग्रीहरु पनि रहेको बताए । पछिल्लो समय लागुपदार्थ दुव्र्यसन एक जटिल समस्याको रुपमा विगसित हुँदै गइरहेको बताउँदै त्यसलाई न्यूनिकरण गर्नका लागि सचेतना जगाउने उदेश्यले महोत्सव आयोजना गरिएको महोत्सव आयोजक समितिका संयोजक चन्दन गौतमले जानकारी दिए । उनका अनुसार महोत्सव बजेट कलेक्सनका लागि नभई लागुपदार्थ दुव्र्यसन विरुद्धको अभियानका रुपमा आयोजना गरिएको बताए ।
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...

