अखिल काँकरभिट्टा क्याम्पस : विद्यार्थीको पढ्न पाउने अधिकार माथी कुठारागात भाे
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पसले नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) का दुई विद्यार्थी नेतालाई निलम्बन गरेको छ । क्याम्पसले अनेरास्ववियुका झापा जिल्ला कार्यालय सचिव सन्तोष धमला र काँकरभिट्टा क्याम्पस कमिटि अध्यक्ष सन्देश पौडेललाई तीन महिना निलम्बन गर्ने निर्णय गरेसंगै त्यसको विरोध गर्दै अनेरास्ववियुले विज्ञप्ती निकालेको छ ।

अनेरास्ववियु सदैव विद्यार्थीको पक्षमा छ । विज्ञप्ती निकाल्दै अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष रोशन लामाले क्याम्पस प्रशासन, निर्वाचन समितीले राजनितिक अभिष्ट पुरा गर्ने नाममा सङठनको घोषित आन्दोलनमा लागेका आन्दोलनरत विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकार माथी कुठारागात गर्ने प्रयास गरेको आरोप लगाए । उनले भने, क्याम्पस प्रशासनको यस प्रकारको निर्णय प्रति अनेरास्ववियु खेद प्रकट गर्दछ ।
यता क्यम्पस प्रमुख लक्ष्मी उप्रेतीले क्याम्पको बोर्ड जलाउने, तोडफोड र आगजनि गर्ने विद्यार्थी समुहको अगुवाई गर्ने विद्यार्थीसन्तोस धमला र सन्देस पौडेललाई तीन महिनासम्म क्याम्पसबाट निलम्बलन गरिएको बताए ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...

