स्ववियु : अनेरास्ववियुलाई पेलेरै काँकरभिट्टा क्याम्पसमा चुनाव हुने
काँकरभिट्टा । काँकरभिट्टा क्याम्पसमा फागुन १९ गतेदेखि अनेरास्ववियु आन्दोलित छ । तर, अनेरास्ववियुलाई पेलेरै काँकरभिट्टा क्याम्पसमा चुनाव गर्ने तयारी भइरहेको छ । क्याम्पसका निर्वाचन समिति संयोजक हेम खड्काले कुनै एक संगठनले बिरोध गर्दैमा निर्वाचन नरोकिने बताएका छन् ।
त्रिविको स्ववियु निर्वाचन सम्बन्धि आचारसंहिता अनुसार निर्वाचन समितिले कार्यालयमा बसेर मनोनयनको काम गर्न पर्ने हुन्छ । तर, काँकरभिट्टाको निर्वाचन समितिले मैदानमा बसेर निर्वाचन कार्यक्रम अगाडि बढाइरहेको छ ।
अनेरास्ववियुले क्याम्पसको निर्वाचन कार्यालयमा ताला लागाउँदा समेत प्रशासनले निर्वाचन कार्यक्रम अगाडि बडाएकोमा एक विद्यार्थीले क्यापसको निर्वाचन समितिको गतिविधि निरङ्कुश भएको बताएका छन् । क्याम्पसमा आचारसंहिता सम्बन्धि विवाद भए पछि अनेरस्ववियु आन्दोलित भएको हो ।
अनेरास्ववियु आन्दोलित भए पछि क्याम्पस प्रशासनले निर्वाचन कार्यक्रम स्थगन गरेको थियो । तर, प्रशासनले छलफलमा अनेरास्ववियुको माग सम्बोधन नगरि कार्यक्रम अगाडि बडाएकाले अनेरास्ववियु आन्दोलित भइरहेको छ ।
हाल क्याम्प प्रशासन र क्याम्पसको मुल ढोकामै ताला लागेको भए पनि निर्वाचन समितिले बाहिरै बसेर निर्वाचन कार्यक्रमलाई अगाडि बढाइरहेको ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
