काँकरभिट्टामा भारतीय गाडी पार्किङ गर्न नपाइने
मेचीनगर । काँकरभिट्टा बजार क्षेत्रमा रहेको अस्तव्यस्त पार्किङलाई व्यवस्थित वनाइने भएकोे छ । भारतिय सवारी साधनले काँकरभिट्टा क्षेत्रमा जवरजस्त गर्दै आएको पार्किङलाई निषेध गरिने भएको हो ।
काँकरभिट्टा क्षेत्रमा रहेको ट्याक्सी पार्किङ स्थलमा भारतीय सवारी साधनले जवरजस्त पार्किङ गर्दै आएको गुनासो आएपछि नगरपालिकाले ध्यानाकार्षण भएको हो । शुक्रवार नगर प्रमुख गोपालचन्द्र वुढाथोकीको अध्यक्षतामा काँकरभिट्टा बजार क्षेत्रमा पार्किङलाई व्यवस्थित बनाउने विषयमा छलफल सम्पन्न भएको थियो ।
अस्तव्यस्त रहेको काँकरभिट्टाको पार्किङ समस्याको दिर्घकालिन समाधानको योजना बनिरहेको नगर प्रमुख गोपालचन्द्र वुढाथोकीले बताए । यसका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, इलाका प्रहरी कार्यालयका प्रमुख दिपक भारती, मेची भन्सार कार्यालयका भन्सार अधिकृत राजेश कुमार दत्त, ससस्त्र प्रहरी बल काँकरभिट्टाका प्रमुख निर्मल बस्नेतलगायतको उपस्थिती रहेको थियो ।
मेचीनगर नगरपालिका, इलाका प्रहरी काँकरभिट्टा, काँकरभिट्टा क्षेत्रका ट्याक्सी व्यवसायीको सहकार्य र समन्वयमा पार्किङ स्थाल व्यवस्थापनमा तत्कालका लागि सन्वय गरि अघि बढ्ने निणर्य भएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...