सधैं हिँडिरहने देवी कहाँ छन् ?
मेचीनगर । मेचीनगर–९, खुट्टीडाँगी निवासी देवीप्रसाद अर्याल एकाएक वेपत्ता भएका छन् । मानसिक सन्तुलन गुमाएका ४७ वर्षीय अर्याल गत फागुन १४ गतेदेखि परिवारबाट सम्पर्कविहीन बनेका हुन् ।
११ दिनअघि बहिनीको फारम टोल मेनपा–९ घर जान्छु भनेर हिँडेका देवी अहिलेसम्म फेला नपरेको परिवारले जनाएको छ । अरुबेला पनि हिँडिरहने देवी त्यस दिनदेखि घर फर्किएका छैनन् । खुट्टीडाँगीबाट फारम टोल दैनिक आउआउ गर्ने गरेका देवी कहाँ गएका छन् भन्ने अहिलेसम्म पत्तो लाग्न सकेको छैन ।
युवा अवस्थामा मानसिक सन्तुलन गुमाएका देवीलाई स्थानीयले प्रायः चिन्दछन् । सबैसँग नजिक हुन खोज्ने देवी सहयोगी पनि थिए । सधैँजसो गाउँतिर घुम्ने देवी हराएको पाँच दिन पछि मेचीनगर–९ स्थित पानीटेंकीमा स्थानीयले देखेका थिए । तर, स्थानीयले हराएको भन्ने शंका गरेनन् । त्यसपछि उनी कता गए थाहा छैन ।
परिवारले उनलाई सबैतिर खोजि गरिसकेको छ । अझै भेटिएका छैनन् । उनको परिवारमा वृद्ध बाबुआमा मात्रै छन् । उनी हराएपछि परिवारमा चिन्ता थपिएको छ । विहीबार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले देवीका बुवाआमालाई भेटेका छन् । नगर प्रमुख बुढाथोकीले देवीको खोजी कार्यमा सहयोग गर्ने बताएका छन् ।
झापा । झापाको मेचीनगर नगरपालिकाले सरकारी जग्गा अतिक्रमण...
मेचीनगर । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)...
अर्जुनधारा । चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले...
मेचीनगर । निजी तथा आवासीय विद्यालय संगठन ९...
बिर्तामोड । झापा–११ फुटबल क्लबले स्थापनापछि दोस्रो पटक...
अर्जुनधारा । मेचीनगरले भद्रपुर नगरपालिकालाई हराउँदै चौंथो खुदुनाबारी...
मेचीनगर । धुलावारी–ज्यामिरगढी–भद्रपुर सडक खण्डमा रहेको हडिया खोलाको...