मेचीनगर : राष्ट्रिय आवस कम्पनीसंग प्राप्त जग्गा उपलब्ध गराउन पहल सुरू
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको संयोजनमा राष्ट्रिय आवस कम्पनीसंग प्राप्त जग्गा उपलब्ध गराउन सम्बन्धित सरोकारवाला निकायका प्रमुखसंग छलफल गरिएको छ ।
आइतबार नगर प्रमुख बुढाथोकीको कक्षमा सम्पन्न छलफलमा राष्ट्रिय आवस कम्पनीका केन्द्रीय अध्यक्ष संदिप मिश्रसहितको टोलिसंग नगरपालिकाले राष्ट्रिय आवस कम्पनीबाट प्राप्त गर्नुपर्ने जग्गाको बिषयमा छलफल भएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

छलफलमा नगर प्रमुख बुढाथोकीसंगै मेचीनगरका संस्थापक नगर प्रमुख एवम् संविधानसभा सदस्य रविन कोईराला, मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, एमाले नेता डिल्लीराम घिमिरेलगायतले राष्ट्रिय आवस कम्पनीले नगरपालिका क्षेत्रको प्राप्त गर्नुपर्ने जग्गा यथाशीघ्र उपलब्ध गराउनु पर्ने बताएका थिए ।
यता छलफलमा सहभागी राष्ट्रिय आवस कम्पनीका केन्द्रीय अध्यक्ष संदिप मिश्रले अब तत्कालै बोर्डको बैठक बसी यस विषयमा प्रक्रिया अगाडि बढाएर टुङ्गो लगाउने प्रतिक्रिया दिए ।
छलफलमा मेचीनगर कार्यपालिका सदस्यद्वय ह्रिदय राजवंशी र चित्र धिमाल, एमालेका नेता सुशील आचार्य, नेपाली काँग्रेसका नेता सुरेन्द्र बुढाथोकी, माओवादी केन्द्रका नेता माधव अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता भिम कुवर, जनता समाजवादी पार्टीका नेता ओमप्रकाश खापुङ्ग लगायत नगरका सक्रिय राजनीति दलका प्रतिनिधिहरूको उपस्थिति रहेका थियो ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
