मेचीनगर–७ : इटाभट्टामा थप सीसी क्यामेरा जडान गरिने

इटाभट्टा । मेचीनगर–७ डटाभट्टा बजार क्षेत्रमा थप सीसी क्यामेरा जडान गरिने भएको छ । मेचीनगर–७ मा चोरी घटना बढ्न थालेपछि सीसी क्यामेरा जडानमा वडा कार्यालयले चासो दिएको हो ।
इटाभट्टा बजार क्षेत्रका थप केही स्थानमा सीसी क्यामेरा जडान गर्न बजेटको व्यवस्थापनमा लागेको मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणी ओलीले बताए । बडालाई तीन क्षेत्रमा बिभाजन गरि शान्ति सुरक्षाको योजना बनाइने उनले बताए । प्यारिभिट्टामा प्रहरी बिट राख्ने कार्य भइरहेको पनि उनले बताए । नागरिकलाई शान्ति सुरक्षको प्रत्याभुतिका लागि आफु चिन्तित रहेको उनले बताएका छन् ।
बिहीवार वडा कार्यालयमा आयोजित शान्ति सुरक्षाका बिषयमा आयोजन गरिएको छलफल कार्यक्रमा इलाका प्रहरी कार्यलयका प्रमुख दिपक भारती, बिओपी सतिघट्टका प्रमुख ज्ञानेन्द्र राउत, इटभट्टा प्रहरी बिटका प्रमुख रुपेन राजभर, सतिघट्ट प्रहरी चौकीका प्रमुख पुष्प पोखरेल, राजनैतिक दलका प्रमुखको उपस्थिती रहेको थियो ।
छलफलमा प्रहरी प्रशासन, राजनैतिक दल, स्थानिय सरकार स्थानिय जनताताबिच आपसी समन्वय भएमा आपाराधिक घटना न्युनिकरण हुने धारण व्ष्क्त गरिएको थियो ।

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...

सपना परियार, मेचीनगर नगरपालिकाकी निर्वाचित जनप्रतिनिधि हुन् ।...

मेचीनगर । झापाको मेचीनगर –२ स्थित दिपज्योती खेलमैदानमा...

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा...