मेचीनगर –२ : शिव पाञ्चायन मन्दिरमा श्रीमद् भागवत महापुराण सुरु
बाहुनडाँगी । मेचीनगर –२ स्थित शिव पाञ्चायन मन्दिर समितिको आयोजनामा शुक्रबारदेखि सातदिवसीय श्रीमद् भागवत महापुराण सुरु भएको छ ।
पुरान उद्घाटन पूर्व आयोजक समितिले शुक्रबार बिहान बिभिन्न जातजातिको झाँकी सहित कलश शोभा यात्रा निकालेको थियो । पुराण स्तलबाट निकालिएको शोभायात्रा मल्याचोक, भृकुटी, बाहुनडाँगी हुँदै मेचीनगर ५ र ८ को संगम स्थल पातालगंगा र शिवालयमन्दिर पुगी पुन : पुराण स्थल पुगेको थियो । कलश यात्रामा सयौंको संख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो ।
मन्दिर तथा पुराण आयोजक समितिकी अध्यक्ष गीता शिवाकोटीको सभापतत्व रहेको कार्यक्रमको उद्घाटन त्रिफला राष्ट्रिय पुस्तकालयका संस्थापक अध्यक्ष प्रेमप्रकाश फलाहारीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि फलाहारीले धार्मिक कार्यक्रमले संस्कारमुलक समाज निर्माणमा ठूलो सहयोग पुग्ने बताए ।
समाजमा संस्कार, संस्कृति आचरण हराउदै गएको छ । प्रमुख अतिथि फलाहारीले भने, ‘आज हाम्रा सोह् संस्कारका कुरा कितवमै सिमित हुने अवस्था छ । त्यसैले धर्म, संस्कार संस्कृति संरक्षणका लागि अव आध्यात्मक विज्ञानमा जोड दिनु पर्छ ।’
सो अवसरमा समाजसेवी निलकण्ठ तिवारीले असल संस्कार र संस्कृतिको संरक्षणमा जुट्नु पर्ने बताए । कार्यक्रममा व्यासाचार्य पं. मुकुन्द नेपालल र उपवाचक पं. लक्ष्मी खतिवडा, जग्गादाता ठाकुर प्रसाद शिवाकोटी, पार्वता मिश्र, दिपज्योति टोलविकास संस्थाका अध्यक्ष धन बहादुर राई, रमेश दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

आयोक समितिले पुराण सफलपार्न मन्दिर समितिकी अध्यक्षको गीता शिवाकोटीको संयोजकत्वमा १५१ सदस्यीय पुराण आयोजक मूल समिति तथा बिभिन्न उपसमिति गठन गरेर प्रचार प्रसारलाई तीब्र पारेको थियो । समाजमा धार्मिक जागरण ल्याउन र पुराणबाट संकलित रकमबाट निर्माणाधिन शिव पाञ्चायन मन्दिरको निर्माणकार्य पुरागर्ने पवित्र उद्देश्यका साथ पुराण आयोजना गरिएको मन्दिर तथा पुराण आयोजक मूल समितिकी अध्यक्ष गीता शिवाकोटीले बताइन् ।
फागुन १८ गते सम्पन्न हुने सात दिवसीय महापुराणमा व्यासाचार्य पं. मुकुन्द नेपालल र उपवाचक पं. लक्ष्मीरमण खतिवडाले संगीतमय कथा बाचन गर्ने छन् । हरेक साँझ भजन किर्तत तथा झाँकी प्रदर्शन हुने आयोकले जनाएको छ ।

स्थानीय समाजसेवी ठाकुर प्रसाद शिवाकोटीले १ कठ्ठा र सदानन्द मिश्रले २ धुर जमिन निशुल्क प्रदान गरेपछि २०७४ सालमा शिव पाञ्चायन मन्दिर निमार्ण सुरु गरिएको भएपनि आर्थिक अभावका कारण सो मन्दिर हालसम्म कुर्सी पिलर मात्र उठाइएकोले संकलित रकमबाट मन्दिर निर्माण पुरा गर्ने आयोजकले जनाएको छ ।
समितिका सदस्य अर्जुन कार्कीले स्वागत गरेका कार्यक्रमको सञ्चालन समितिका सचिव धर्मानन्द निरौलाले गरेका थिए ।
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...
झापा । रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि...
मेचीनगर । रसुवामा आएको भीषण बाढीबाट प्रभावित परिवारको...
मेचीनगर । रसुवामा आएको भीषण बाढी–पहिरोबाट भएको जनधनको...


