रमेश प्रसाईंलाई गृहजिल्ला झापामा सम्मान

झापा । रमेश प्रसाईंलाई गृहजिल्ला झापामा सम्मान गरिएको छ । बिहिवार झापाको मेचीनगर-१३ स्थित चारआलीमा रहेको आइतमाया थेवे स्मृति प्रतिष्ठानले प्रतिभा सम्मान कार्यक्रमका बिच प्रसाईंलाई नगदसहित सम्मान गरेको हो ।
मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा आयोजित प्रतिष्ठानको १२औं वार्षिक कार्यक्रम अन्तर्गत प्रसाईंलाई नगद २५ हजार १२५ रूपैयाँ नगद सहित सम्मानपत्रले सम्मान गरिएको छ ।
प्रत्येक बर्ष फागुन ११ गते प्रतिभा सम्मान कार्यक्रम आयोजना गर्दै आएको प्रतिष्ठानले यसअघि विभिन्न विधाका १६ जना प्रतिभालाई सम्मान गरिसकेको छ । सम्मानित हुनेहरूमा वर्तमान उपसभामुख इन्दिरा रानामगरदेखि नेपाली राष्ट्रिय क्रिकेट महिला टिमकी क्याप्टेन रूविना क्षेत्री, विश्व साइकल यात्री पुष्कर शाहलगायत रहेका छन् ।
प्रतिष्ठानका अध्यक्ष लालबहादुर थेवेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको सम्मान कार्यक्रममा नगर प्रमुख बुढाथोकी, नेपाल पत्रकार महासंघका संस्थापक महासचिव एवम् अग्रज पत्रकार चन्द्र भण्डारी, नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकाल, जेष्ठ आमाहरूबाट गणेश कुमारी न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष बिरू बेघा, नेपाली काँग्रेसका नेता सन्तोस न्यौपानेलगायतको आतिथ्य रहेको थियो ।
आइतमाया थेवे स्मृति प्रतिष्ठानका अध्यक्ष लालबहादुर थेवेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव विश्व थापाले गरेका थिए ।

काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...

मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...