प्रथम वडाध्यक्ष कप : धुलाबारी बजार क्षेत्र बिजयी
मेचीनगर । धुलाबारी बजार क्षेत्रले मेचीनगर-९ मा सम्पन्न प्रथम वडाध्यक्ष फुटबल कपको उपाधि उचालेको छ । आज भएको फाइनल खेलमा माथिल्लो मागुरमाडीलाई ३–२ को गोलअन्तरले हराउँदै धुलाबारीले उपाधि उचालेको हो ।
स्थानीय कवि शिरोमणी माविको खेल मैदानमा पहिलो हाफको ८ मिनेटमै १ गोलको अग्रता लिएको माथिल्लो मागुरमाडीले अग्रतालाई कायम राख्न नसक्दा हार व्येहोरेको हो ।
पहिलो हाफमा १ गोलले पछि परेको धुलाबारी बजार क्षेत्रले दोस्रो हाफमा भने उत्कृष्ट प्रदर्शन गर्दै ३ गोल गर्यो । खेलको ४२ औँ मिनेटमा लगातार २ गोल र ६० मिनेटमा थप १ गोल गर्दै धुलाबारी बजार क्षेत्र ३ गोल गर्न सफल बनेको हो ।
खेलको अन्त्यमा मागुरमाडीले १ गोल फर्काए पनि बिजेता बन्न भने सकेन । जसअन्तर्गत ३–२ को गोलअन्तरले धुलाबारी बजार क्षेत्रले उपाधि जितेको हो ।
उपाधिसगैँ धुलाबारीले नगद ४० हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने मागुरमाडीले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ । गत माघ २७ गतेबाट शुरु भएको प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
