पुष्पलाल मार्गमा पानी नहालेसम्म बाटो अवरुद्ध गर्ने निर्णय
मेचीनगर । झापाको मेचीनगर-१४ स्थित प्रगति टोल बिकास समितिको शुक्रबार बसेको बैठकले पुष्पलाल मार्गमा पानी नहालेसम्म बाटो अवरुद्ध गर्ने निर्णय गरेको छ ।
स्थानीय उधोगमा आगमन हुने सवारीले धुलो उडाउदा प्रदुर्शणको पिडाबाट आक्रन्त पीडित स्थानीयले टोल बिकास समितिमार्फत उधोगीलाई जानकारी गराएको थियोे । बाटोमा पानी नहाली सवारी आगमन गर्दा उत्पन्न धुलो-धुँवाका कारण बालबालिका र बयोबृद्दा बिरामी परेका थिए । पटकपटक बाटोमा पानी हाल्न समितिले गरेको आग्रहलाई नमानेपछि वडा कार्यालय, नगर र प्रहरीलाई जानकारी गराउदै बाटो अवरुद्ध गर्ने निर्णय गरेको समितिका सचीव डिल्लीराम उप्रेतीले बताए ।

समितिको निर्णयप्रति मेचीनगर-१४ का वडाध्यक्ष बाबुलाल सुब्बाले टोल बिकास समितिले गरेको निर्णय जायज भएको भन्दै उधोगीलाई स्थानीयको मागप्रति सुनुवाई गर्न निर्देशन दिने बताए ।
बाटो अवरुद्ध गर्ने क्रममा उधोगी प्रदीप मित्तलले शुक्रबार स्थानीयसग गरेको ब्यवहारप्रति समितिले निन्दा गरेको छ । जायज माग राख्दै बाटो अवरुद्ध गर्नेमध्ये पुण्यप्रसाद शिवाकोटीलाई मित्तलले गालीगलौच गर्दै धम्क्याएका थिए ।
प्रमित्तले गायत्री भेनियारमा गोलियाका ट्रक र ७ बिगाहमा पुरुवा भर्न दर्जनौं ट्रिपर प्रयोग गर्दै आएको छ भने मेची ग्यास इन्ड्रस्टिजले पनि दर्जनबढी सवारी प्रयोग गर्दै आएको छ ।
बिन्दा प्रसाईमा सम्पन्न भेलामा निरन गौतम,भिम लामिछाने, भवानी मिश्र, मिना लामिछाने, तुलसी लामिछाने, मेनुका लामिछाने, नारायण गौतम, जमुना भट्टराई, पुन्यप्रसाद शिवाकोटीलगायतले स्थानीयको जायज मागलाई सम्बोधन नगरे अनिश्चित कालका लागि बाटो अवरुद्ध गर्ने चेतावनी दिएका छ्न् ।
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...
झापा । रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि...
मेचीनगर । रसुवामा आएको भीषण बाढीबाट प्रभावित परिवारको...
मेचीनगर । रसुवामा आएको भीषण बाढी–पहिरोबाट भएको जनधनको...


