प्रथम वडाध्यक्ष कप : खुट्टीडाँगी क्षेत्र विजयी
मेचीनगर । झापाको मेचीनगर-९ मा जारी प्रथम वडाध्यक्ष कप अन्तर फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा खुट्टीडाँगी क्षेत्र विजयी भएको छ ।
स्थानीय कवि शिरोमणी माविको खेल मैदानमा आज भएको खेलमा मागुरमाडी क्षेत्रलाई ७-० को फराकिलो गोल अन्तरले खुट्टीडाँगी विजयी भएको आयोजक वडा खेलकुद विकास समिति मेचीनगर-९ का सचिव राजु धिमालले जानकारी दिए ।
खुट्टीडाँगी क्षेत्रको तर्फबाट साहिल तामाङले ३ गोल गर्दै ह्याट्रिक पुरा गर्दा रोहन खड्का र सोवित कट्टुवालले समान २-२ गोल गरे । प्रतियोगिताका उत्कृष्ट प्रदर्शनी गर्दै टिमलाई विजयी गराउन सफल जिवेता टिमका साहिल तामाङ म्यान अफ द म्याच घोषित भए । उनलाई मेचीनगर १० का वडाध्यक्ष नारायण खनालले नगद एक हजारसहित ट्रफि र मेडल प्रदान गरे ।
वडा खेलकुद विकास समिति मेचीनगर ९ ले आयोजना गरेको प्रतियोगितामा वडाका विभिन्न ९ वटा टिमले प्रतिष्पर्धा गरिरहेका छन् । फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद ४० हजार र उपविजेता टिमले नगद २५ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
आइतबारको खेल वडा खेलकुद विकास समिति मेचीनगर-९ का संयोजक एवम् वडा सदस्य राजन खड्काको अध्यक्षतामा आयोजना भएको उद्घाटन सत्रको कार्यक्रम सञ्चालन सचिव राजु धिमालले गरेका थिए ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
