ज्येष्ठ नागरिक समिति मेचीनगर-७ को अध्यक्षमा पौडेल
इटाभट्टा । ज्येष्ठ नागरिक समिति मेचीनगर–७ को अध्यक्षमा पिताम्बर (शर्मा) पौडेल सर्वसम्मत चयन भएका छन् ।
शुक्रबार इटाभट्टमा आयोजित ज्येष्ठ नागरिकहरुको भेलाले पौडेललाई अध्यक्ष चयन गर्दै ८ सदस्यीय समिति गठन गरेको हो । समितिको पहिलो बैठकले भुगोलको आधारमा सदस्य थप गर्ने समेत निर्णय गरेको छ ।
भेलाले समितिको उपाध्यक्षमा सहदेव राजवंशी, सचिवमा अमर परियार, सह सचिवमा प्रेमराज गौतमलाई सर्वसम्मत चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा मेनुका अधिकारी, कुमार खड्का, चतुर बहादर बस्नेत र सन्तबहादुर मेचे रहेका छन् ।
ज्येष्ठ नागरिक समिति मेचीनगर उपाध्यक्ष हिम्मत क्षेत्रीको प्रमुख आतिथ्यमा आयोजित भेलामा निवर्तमान अध्यक्ष खेमराज अधिकारी, सदस्य धनप्रसाद उप्रेती लगायतको सहभागिता रहेको थियो ।
अध्यक्ष पौडेल अवकाश प्राप्त शिक्षक हुन् ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
