ज्येष्ठ नागरिक समिति मेचीनगर-७ को अध्यक्षमा पौडेल
इटाभट्टा । ज्येष्ठ नागरिक समिति मेचीनगर–७ को अध्यक्षमा पिताम्बर (शर्मा) पौडेल सर्वसम्मत चयन भएका छन् ।
शुक्रबार इटाभट्टमा आयोजित ज्येष्ठ नागरिकहरुको भेलाले पौडेललाई अध्यक्ष चयन गर्दै ८ सदस्यीय समिति गठन गरेको हो । समितिको पहिलो बैठकले भुगोलको आधारमा सदस्य थप गर्ने समेत निर्णय गरेको छ ।
भेलाले समितिको उपाध्यक्षमा सहदेव राजवंशी, सचिवमा अमर परियार, सह सचिवमा प्रेमराज गौतमलाई सर्वसम्मत चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा मेनुका अधिकारी, कुमार खड्का, चतुर बहादर बस्नेत र सन्तबहादुर मेचे रहेका छन् ।
ज्येष्ठ नागरिक समिति मेचीनगर उपाध्यक्ष हिम्मत क्षेत्रीको प्रमुख आतिथ्यमा आयोजित भेलामा निवर्तमान अध्यक्ष खेमराज अधिकारी, सदस्य धनप्रसाद उप्रेती लगायतको सहभागिता रहेको थियो ।
अध्यक्ष पौडेल अवकाश प्राप्त शिक्षक हुन् ।
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...


