आम्दा मेचीमा आयो २२ लाख बढी मुल्यको युएसजी मेसिनसहितका स्वास्थ्य उपकरण
मेचीनगर । आम्दा मेची अस्पताल झापाको मेचीनगर-१० धुलाबारीमा २२ लाख बढी मुल्य बराबरको स्वास्थ्य उपकरण थपिएको छ । अस्पताललाई सुविधा सम्पन्न बनाउँदै स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको पहल तथा आम्दा नेपाल अस्पतालको सहयोगमा शुक्रबार आम्दा मेची अस्पतालमा नयाँ उपकरण भित्र्याइएको हो ।
गत साउन ११ गते मेचीनगर प्रमुख बुढाथोकी, उप प्रमुख मिना उप्रेती, संविधान सभा सदस्य रविन कोइराला, मेची उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष ॠषि तिम्सिनालगायतको टोली काठमाडौं गई आम्दा नेपालका प्रमुखहरुसंग भेटेर अस्पताल व्यवस्थित बनाउँदै मेचीनगर क्षेत्रमा प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्ने बिषयमा छलफल गरेको थियो । त्यही छलफलबाट १५ शैयाको अस्पताललाई निकट भविष्यमा नै ५० शैयामा स्तरबृद्धि गर्ने उदेश्य अगाडी बढाइएको थियो ।

त्यही छलफल अनुसार अहिले अस्पतालमा नयाँ उपकरणहरु थप भइरहेको छन् । थप भएका उपकरणहरुमा २० लाख मुल्य बराबरको युएसजी मेसिन, तथा २ लाख बराबरको माइनर ओटीका सामाग्री र एएनसी चेकअपका लागि आवश्यक उपकरण रहेको अस्पताल प्रशासनले जनाएको छ । प्रयोगशाला, इमेरजेन्सी सेवा, जेनेरल ओपिडी सेवा, इसिजी सेवा, डिजिटल एक्सरे सेवा भइरहेको छ । त्यसमा थप अब माइनर ओटी, एएनसी चेकअपलगायतका सेवाहरु पनि उपलब्ध हुनेछन् ।
अस्पतालमा प्राप्त उपकरण अवलोकन गर्दै नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले मेचीनगर नगरपालिकाका नागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रवाह गर्न आफुहरु लागि परेको बताए । उनले स्थानीय क्षेत्रमा नै सर्वसुलभ रुपमा सुविधा युक्त स्वास्थ्य सेवा प्रवाह गर्न आम्दा मेची अस्पताललाई व्यवस्थित बनाउन लागि परेको बताए । तर, उनले अस्पतालको स्वामित्व कसले लिने भन्ने कुरामा केही प्राविधिक समस्या रहेका कारण मेचीनगरले सोचे अनुरुप अगाडी अझै बढ्न नसकिरहेको बताए ।
अस्पताल परिसरमा आज भएको भेलामा मेचीनगर प्रमुख बुढाथोकी, मेची उद्योग वाणिज्य संघ अध्यक्ष तथा आम्दा मेची अस्पताल व्यवस्थापन समिति उपाध्यक्ष खेमराज प्रसाई, निवर्तमान मेची उद्योग वाणिज्य संघ अध्यक्ष तथा आम्दा मेची अस्पताल व्यवस्थापन समिति उपाध्यक्ष ॠषि तिम्सिना, आम्दा नेपाल सचिव यज्ञराज पाठक, आम्दा मेचीका मे।सु पोषणरमण त्रिपाठी, आम्दा अस्पताल दमक मे।सु प्रकाश शर्मा, आम्दा अस्पताल दमक प्रशासक सुमन कुमार नेपाल, मेची उद्योग वाणिज्य संघका कार्याकारी निर्देशम गोपाल बस्नेत, आम्दा मेचीका बरिष्ठ सहायक किरण निरौला, सहायक प्रशासन तारा थापा, मेचीनगर प्रमुख बुढाथोकीका स्वकिय सचिव आशिष पौडेललगायतको उपस्थिति रहेको थियो ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...