प्रथम वडाध्यक्ष कप आजदेखि, उद्घाटन शत्रमा पत्रकार र जनप्रतिनिधि बिच मैत्रिपूर्ण खेल हुने
झापा । झापाको मेचीनगर-९ मा प्रथम वडाध्यक्ष कप अन्तर फुटबल प्रतियोगिता आजदेखि हुँदै छ । वडा खेलकुद विकास समिति मेचीनगर-९ ले आयोजना गरेको सो प्रतियोगिता स्थानीय कवि शिरोमणी माविको खेल मैदानमा आजदेखि सुरु हुँदैछ ।
उद्घाटन खेलमा थोप्लेविरान क्षेत्र र माथिल्लो मागुरमाडी क्षेत्र बिच प्रतिष्पर्धा हुने आयोजक समितिले जनाएको छ । वडा खेलकुद विकास समिति मेचीनगर-९ का सचिव राजु धिमालका अनुसार प्रतियोगिताको उद्घाटन शत्रमा प्रेस क्लब मेचीनगरका पत्रकार र मेचीनगर नगरपालिकाका जनप्रतिनिधि बिच मैत्रिपूर्ण खेल समेत हुने बताए ।

फागुन ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा माथिल्लो मागुरमाडी क्षेत्र, थोप्लेविरान क्षेत्र, हिमालयन झरना क्षेत्र, झापा लिलाबस्ती क्षेत्र, चियावाल्नी गाउँ क्षेत्र, मागुरमाडी क्षेत्र, खुट्टीडाँगी क्षेत्र, फाराम सातपाखे क्षेत्र र बजार क्षेत्र गरी ९ टिमबीच सहभागीता रहेको छ।
प्रतियोगिताका विजेता टिमले नगद ४० हजार र उपविजेता टिमले नगद २५ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
