पानीको सट्टामा आकाशबाट ढुंगाको वर्षा
झापा । आकाशबाट पानीको बर्षा भएको त हामी सबैलाई थाहा नै छ । तर अजकल पानीको सट्टामा आकाशबाट ढुंगा बर्षन थालेको छ । यो घटना हो झापा जिल्ला मेचीनगर- ११ स्तिथ गणेश बहादुर राईको घरको ।
करीब एक साता अगाडिबाट लगातार राईको घरमा ढुंगाको वर्षा हुन थालेको छ । छिनछिनका एकासी घरको छानाका ढुंगा प्रहार भएपछि उनका परिवार निकै चिन्तित् छन् । यो घटना सोहि घरमा एक बर्ष अगाडि पनि घटेको थियो । उनका अनुसार त्यो समयमा पनि एक हप्ता सम्म लगातार घरमा ढुंगा झर्न थालेपछि घर परिवार र स्थानीयबाट दशा बिग्रेको वा मषानले दुःख दिएको भन्ने कुरा आउन थालेर बिजुवा राखँे र घरमा चण्डि पाठ गराए पछि सो समस्या हटेको थियो ।
एक बर्ष अन्तरालमा फरी उक्त घटना दोह्रिएपछि स्थानीय समेत अचम्मीत भएका छन । स्थानीयवासी भन्छन, हावा बाट ढुंगा वर्षन थालेपछि हामी सबै अचम्मीत र आतङ्कित भएका छौँ, ढुंगा कहाँकाट आउछ देखिदैन एकासी घरको छाना हाने पश्चात आवाज सुनिन्छ अनि ढुंगा देखिन्छ ।
यो घटना घटन थालेपछि ढुंगा झरेको हेर्नेको भने लर्को लाग्न थालेको छ । यतिका धेरै ढुंगा प्रहार हुदा पनि हेर्न आउने मान्छे तथा परिवारका कुनै पनि सदस्यमा चोट पटक तथा हानि नोक्सानी भने भएको छैन । यस्तो हुनुमा संयोग मात्र नभएर कुनै शक्तिको प्रभाव पनि हुन सक्ने स्थानीयको आशंका रहेको छ ।
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

