व्यवसायीको माया बटुलेका आनन्द खड्का
मेचीनगर । मेचीनगर–७ निवासी आनन्द खड्का व्यवसायीमाझ परिचित नाम हो । युवा अवस्थाबाटै व्यवसायमा लागेका खड्का मेची उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्ष पदमा उठेका छन् ।
उनले उद्योग क्षेत्रमा लगानी गरेर सयौं नेपालीलाई रोजगारी दिएका छन् । आफ्नै देशमा केही गरौं भन्ने भावना बोकेका खड्काले प्लाइउड, चिया उद्योग खोलेका छन् । इलामा चिया फ्याक्ट्री र झापामा प्लाइउड उद्योग सञ्चालनमा छ ।
विशेषगरी उद्योग क्षेत्रमा देखिएका समस्या भोगेका र बुझेका खड्काले आफ्नो उम्मेदवारी बारे प्रस्टाउँदै भने, ‘उद्योग क्षेत्रमा थुप्रै समस्या छन् । तिनलाई समाधान गर्न मेरो उम्मेदवारी हो ।’
उद्योगबाट उत्पादित सामान निर्यातमा देखिएका झन्झटिलो प्रक्रिया अन्त्य गर्न भूमिका खेलेका खड्काले सबै व्यवसायीको माया र सद्भाव पाइरहेका छन् । व्यापारलाई सेवा पनि ठान्ने खड्काले सामाजिक उत्तरदायीको भूमिका पनि निर्वाह गरिरहेका छन् ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...