खुट्टीडाँगी सिमसारमा पर्यटकको सुरक्षा गर्न ‘सेक्युरिटी फोर्स’

खुट्टीडाँगी । मेचीनगर – ९ स्थित खुट्टीडाँगी सामुदायिक वन तथा पर्यटकयि क्षेत्रको सूरक्षा अब मुनाल सेक्युरिटी सर्भिसले गर्ने भएको छ । पर्यटकको सुरक्षाले मध्य नजगगरि सुरक्षा व्यवस्था मिलाइएको बनका कार्याल सचिब राजु धिमालले बताए । खुट्टीडाँगी पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई थप सुरक्षित गर्न सेक्युरिटी को व्यवस्था गरिएको धिमालले बताए ।
पछिल्लो समय मेचीनगर–९ स्थित खुट्टीडाँगी सामुदायिक वन पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदै गएको छ । वन क्षेत्रमा पर्यटकको आकर्षण बढाउन समितिले चिल्डेन पार्क तथा सिमसार क्षेत्र सञ्चालनमा ल्याएको छ । करिब १२ हेक्टर जमिनमा फैलिएको सो वनलाई ‘टुक्रे वन’ भनेर पनि चिनिन्छ । वनलाई चारैतिरबाट गाउँबस्तीले घेरेको छ ।
समितिले वन परिसरमा पिकनिक स्पर्ट समेत सञ्चालनमा ल्याएको छ । आगामी दिनमा सो क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकासगर्न दीर्घकालिन योजना अघि सारिएको कार्यालय सचिव धिमालले जानकारी दिए ।

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...

मेचीनगर । मेचीनगर–७ स्थित मदन वस्तीकी रीता राजबंशी...