मेचीनगर नगरपालिका : मतहतका जग्गा व्यवस्थापन सम्बन्धि छलफल सुरु
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा राष्ट्रिय आवास कम्पनिले मेचिनगर र संघसस्थालाई हस्तान्तरण गर्ने जग्गा सम्बन्धि मेचीनगरबाट निर्वाचित संघ र प्रदेशका सांसद, पुर्व सांसद, पुर्व नगरप्रमुख, वर्तमान नगर उपप्रमुख, नगरका सक्रिय राजनीति दलका प्रतिनिधिसहितको बैठक बसी छलफल अगाडी बढाएको छ ।

बैठकले राष्ट्रिय आवास कम्पनिले मेचिनगर र संघसस्थालाई हस्तान्तरण गर्ने जग्गा व्यवस्थापन गर्ने सम्बन्धमा अब कार्य योजना बनाएर अगाडी बढ्ने निर्णय गरेको छ । सोहि छलफलमा नगर भित्रको अव्यवस्थित ऐलेनी तथा सरकारी जग्गा कसरी व्यवस्थापन गर्ने, भइरहेका विकास निर्माणलाई थप व्यवस्थीत बनाउँदै समृद्ध नगर बनाउन सबै लाग्नुपर्ने निचोड निकालेको छ ।

बैठकमा झापा क्षेत्र नं.१ का संघिय सांसद विश्वप्रकाश शर्मा, संविधान सभा सदस्य तथा संस्थापक मेचीनगर प्रमुख रविन कोइराला, संविधान सभा सदस्य उसा गुरुङ, प्रदेश सांसद गोपाल तामाङ, निवर्तमान प्रदेश सांसद श्रीप्रसाद मैनाली, निवर्तमान नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, पूर्वाधार विकास समिति संयोजक चित्र धिमाल, नेकपा एमाले मेचीनगर अध्यक्ष राजु पोखरेल, माओवादी नेता माधव अर्याल, एमाले नेता डिल्लिराम घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका मेचीनगर सभापति भीम बहादुर कुँवर, जनता समाजवादी मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङलगायतको सहभागीता रहेको थियो ।
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...


