मेचीनगर नगरपालिका : मतहतका जग्गा व्यवस्थापन सम्बन्धि छलफल सुरु

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा राष्ट्रिय आवास कम्पनिले मेचिनगर र संघसस्थालाई हस्तान्तरण गर्ने जग्गा सम्बन्धि मेचीनगरबाट निर्वाचित संघ र प्रदेशका सांसद, पुर्व सांसद, पुर्व नगरप्रमुख, वर्तमान नगर उपप्रमुख, नगरका सक्रिय राजनीति दलका प्रतिनिधिसहितको बैठक बसी छलफल अगाडी बढाएको छ ।
बैठकले राष्ट्रिय आवास कम्पनिले मेचिनगर र संघसस्थालाई हस्तान्तरण गर्ने जग्गा व्यवस्थापन गर्ने सम्बन्धमा अब कार्य योजना बनाएर अगाडी बढ्ने निर्णय गरेको छ । सोहि छलफलमा नगर भित्रको अव्यवस्थित ऐलेनी तथा सरकारी जग्गा कसरी व्यवस्थापन गर्ने, भइरहेका विकास निर्माणलाई थप व्यवस्थीत बनाउँदै समृद्ध नगर बनाउन सबै लाग्नुपर्ने निचोड निकालेको छ ।
बैठकमा झापा क्षेत्र नं.१ का संघिय सांसद विश्वप्रकाश शर्मा, संविधान सभा सदस्य तथा संस्थापक मेचीनगर प्रमुख रविन कोइराला, संविधान सभा सदस्य उसा गुरुङ, प्रदेश सांसद गोपाल तामाङ, निवर्तमान प्रदेश सांसद श्रीप्रसाद मैनाली, निवर्तमान नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, पूर्वाधार विकास समिति संयोजक चित्र धिमाल, नेकपा एमाले मेचीनगर अध्यक्ष राजु पोखरेल, माओवादी नेता माधव अर्याल, एमाले नेता डिल्लिराम घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका मेचीनगर सभापति भीम बहादुर कुँवर, जनता समाजवादी मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङलगायतको सहभागीता रहेको थियो ।

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...