मेचीनगर-८ मा जेष्ठ नागरिक भवन बन्ने
मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ८ मा जेष्ठ नागरिक भवन बन्ने भएको छ । उक्त भवनको शिलन्यास शुक्रबार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका छन् ।
स्थानीय समाजसेवी डिगबहादुर घिमिरेले निःशुल्क प्रदान गरेको १२ धुर जग्गामा नगरपालिकाको आर्थिक सहयोगमा जेष्ठ नागरिक भवन बन्ने भएको छ । भवन निर्माण सम्पन्न भए पश्चात वडाका जेष्ठ नागरिकहरुले आफ्नो उमेर समुहका एकै ठाउँमा भेल भएर आराम गर्दै भलाकुसारी गर्न सक्ने छन् ।

शिलन्यास कार्यक्रममा नगर प्रमुख बुढाथोकी, उपप्रमुख मिना पख्रेल उप्रेती, मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमला, कार्यपालिका सदस्य तथा पुर्बाधार विकास संयोजक चित्र कुमार धिमाललगायतको आतिथ्यता रहेको थियो ।
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...
झापा । रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि...
मेचीनगर । रसुवामा आएको भीषण बाढीबाट प्रभावित परिवारको...
मेचीनगर । रसुवामा आएको भीषण बाढी–पहिरोबाट भएको जनधनको...


