मेचीनगरलाई सञ्चारमैत्री बनाउने मेयर बुढाथोकीको प्रतिबद्धता
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले सञ्चारमैत्री नगरको रुपमा मेचीनगरलाई विकास गर्न लागि परेको बताएका छन् । नगर प्रमुख बुढाथोकीले नगर क्षेत्रमा रहेका सञ्चारमाध्यमलाई स्थानीय सरकारको तर्फबाट अभिभावकत्व लिदै. सञ्चारमाध्यमको श्रीबृद्धिको पक्षमा कार्य अगाडी बढाउने बताएका छन् ।
बिहीबार प्रेस क्लब मेचीनगरको ध्यानाकर्षण पत्र बुझ्ने क्रममा नगरप्रमुख बुढाथोकीले आफुहरु सञ्चार क्षेत्रको पक्षमा सकरात्मक रहेको बताउँदै सञ्चारमाध्यम र सञ्चारकर्मीले पनि आफ्नो काम, कर्तव्य निष्पक्ष ढंगले गर्नुपर्ने बताए । पछिल्लो समय केहिसञ्चारमाध्यमले तथ्यहिन, कपोकल्पी र मनगणन्ते समाचार सम्प्रेषण गर्ने गरेको पाइएकोले यस्ता किसिमका कार्यले समग्र सञ्चार क्षेत्रको साख नै गिराउने देखिन्छ । उनले भने, यस्ता गलत प्रबृतिका कार्य गर्नेलाई निरुत्साहित गर्न सञ्चारकर्मी सक्रिय रुपमा लाग्नुपर्ने बताए । साथै उनले मेचीनगरमा सञ्चार क्षेत्रको कार्य गर्न मेचीनगर सञ्चार प्रतिष्ठान गठन प्रक्रियाको अन्तिम चरणमा पुगेको बताए ।
यता प्रेस क्लब मेचीनगरले नगरबाट प्रकाशित हुने सूचनाहरु व्यक्तिगत सामाजिक सञ्जालबाट नभई सञ्चारमाध्यमबाट हुनुपर्ने भन्दै ध्यानाकर्षण गराएको थियो।
ध्यानाकर्षण पत्रको व्यहोरा क्लबका सचिव देबु बानियाँले पढेर सुनाएका थिए भने क्लबका अध्यक्ष डम्बर बरालले ध्यानाकर्षण पत्र नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई हस्तान्तरण गरेका थिए ।
प्रेस क्लव मेचीनगरका अध्यक्षको नेतृत्वमा मेचीनगर नगरपालिका पुगेको पत्रकारको टोलीमा प्रेस क्लबका सचिव देवु बानियाँ, सहसचिव दिलिप थापा, कोषाध्यक्ष विनिसा शर्मा, प्रेस चौतारी नेपालका प्रदेश कमिटी सदस्य अर्जुन कार्की, प्रेस सेन्टर झापा जिल्ला अध्यक्ष झुलन रेग्मी, फोनिज जिल्ला अध्यक्ष भूमिका सुब्बालगायत सहभागी थिए ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...

