स्काउट क्रुको ‘रनिङ शिल्ड’ हिमालयन एकाडेमीलाई
धुलाबारी । मेचीनगर–१०, धुलाबारीमा सञ्चालित हिमालयन इंग्लिस एकाडेमीले युनाइटेड युथ ओपन स्काउट क्रुको ‘रनिङ शिल्ड’ एक वर्षका लागि हात पार्न पारेको छ ।
धुलाबारी नमूना माविमा यही माघ २ गतेबाट सञ्चालित तीन दिवसीय फन क्याम्पमा झापाका नौ वटा विद्यालय सहभागी थिए । ती सबै विद्यालयलाई पछि पार्दै हिमालयन स्काउट (ट्रुपले) उपाधि हात पारेको हो । युनाइटेड ओपन क्रुको आयोजनमा सञ्चालन भएको फन क्याम्पमा रनिङ शिल्ड प्राप्त गर्नेले एक वर्ष राख्न पाउने प्रावधान छ ।
फन क्याम्पमा विभिन्न विधामा विद्यार्थीलाई सहभागी गराई प्रतिस्पर्धा गरिदै आएको छ । यस क्रममा हिमालयन एकाडेमीले सफलता हासिल गरेको प्रिन्सिपल जगत बहादुर तामाङले बताए । विद्यार्थीको सर्वांगीण विकासको लागि हिमालयन इंग्लिस एकाडेमी एउटा खुल्ला शैक्षिक प्लेट फर्म बन्दै गएको उनी बताउँछन् ।
हिमालयन इंग्लिस एकाडेमीले नगर तथा जिल्लामा सञ्चालित विभिन्न विधाका प्रतियोगितामा उत्कृष्ट स्थान बनाउँदै आएको छ । हालै सम्पन्न प्याब्सन झापाको सांस्कृतिक प्रतियोगिता तथा काँकरभिट्टा माविमा आयोजित प्रतिस्पर्धामा उसले प्रथम स्थान हासिल गरेको थियो ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...