पत्रकार पौडेलको सम्झनामा मेचीनगरमा शोक सभा
मेचीनगर । प्रेस क्लव मेचीनगरले पोखरामा विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सभा सम्पन्न गरेको छ । काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरमा विहीबार आयोजित शोक सभामा वक्ताहरूले पत्रकार पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रले ठूलो क्षति व्यहोरेको बताए ।

प्रेस क्लबका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा भएको शोक सभामा नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व सचिव लोकराज ढकाल, प्रेस क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्षद्वय ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल, प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मी, प्रेस चौतारी झापा सचिव प्रकाश पौडेल, नेपाल आदिवासी पत्रकार महासंघ झापा अध्यक्ष भूमिका सुब्बालगायतले विमान दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य तथा विभिन्न संगठनका प्रतिनिधि, अग्रज पत्रकारहरु तथा सुरक्षाकर्मीको सहभागिता रहेको थियो । गत माघ १ गते बिहान काठमाडौँबाट पोखराको लागि उडेको नाइनएन एएनसी एटिआर–७२ जहाज अवतरण गर्ने क्रममा पोखराको पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा दुर्घटनाग्रस्त हुँदा केन्द्रीय सदस्य पौडेलको ३७ वर्षको उमेरमा निधन भएको थियो ।
पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । २०७४ सालमा महासंघको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा रहेर काम गरेका पत्रकार पौडेलले त्यसअघि महासंघ कास्की शाखामा एकपटक उपाध्यक्ष र दुई पटक सचिवका रूपमा रही योगदान गरेका थिए ।
पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गरेका पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रीन्जरका रूपमा काम गरेका थिए । विभिन्न पत्रपत्रिकामा स्तम्भ र लेख लेख्दै आएका पत्रकार पौडेल पछिल्लो समय पोखरा हटलाइन दैनिक पत्रिकाकै प्रकाशक÷सम्पादकका रूपमा कार्यरत थिए ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...

