मन्त्रालय जनप्रतिनिधिको पक्षमा, मेचीनगरमा कपुर आउट दाहाल इन

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् । मेचीनगरको कमान्ड सम्हाल्न पाँचथरको फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका गणेश दाहाल आउने भएका हुन् ।
मेचीनगर नगरपालिका नगर कार्यापालिकाले प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लगाईले प्रक्रिया पुगेका कामहरू पनि समयमा नगर्दा नगरबासीले सेवा लिनबाट बन्चित हुनुपरेको गुनासो दिनप्रतिदिन बढ्न थालेपछि उनको कार्य सम्पादन चित्त बुझ्दो नभएको भन्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फिर्ता पठाउने निर्णय गरेको थियो । त्यसलाई सदर गर्दै मन्त्रालयले चम्लगाईको मेचीनगरबाट सरूवा गरेको छ ।
मेचीनगरको कार्यपालिकाको पुस १८ गतेको बैठकले प्रमुख प्रशासकीय अधिकृत चम्लागाईलाई फिर्ता पठाउने निर्णय गरेको थियो । गत असोज १ गतेदेखि मेचीनगर आएका चम्लागाईको प्रदेश १ को मुख्यमन्त्रीको कार्यालयमा सरुवा भएको छ ।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...