थोप्लेविरान वनको सभामा सम्मान
धुलाबारी । मेचीनगर–९ मा रहेको थोप्लेविरान सामुदायिक वन उपभोक्ता समूहको २७ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
साधारण सभाले भावी कार्ययोजना तयार गर्दै पाँचजना बोल्न नसक्ने (अपांगता भएका) उपभोक्तालाई सम्मान गरेको छ । सभाले नदी उकास जमिनमा खेल मैदान बनाउने, पर्यटकीय क्षेत्रलाई थप विस्तार गर्ने योजना अघि बढाउने निर्णय गरेको छ । कार्यक्रममा बोल्न नसक्ने हरिप्रसाद बाँस्तोला, राम तामाङ, बोनस दनुवार र काले मगरलाई न्यानो कपडा वितरण गरी सम्मान गरिएको थियो ।

वन समूहका अध्यक्ष कृष्णप्रसाद कोइरालाको अध्यक्षता तथा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर वडा नं ९ का वडाध्यक्ष कञ्चन तामाङ, मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं १ का अध्यक्ष अमर लिम्बूले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ झापा अध्यक्ष वेदप्रकाश भण्डारी, समाजसेवी प्रेम सोम्वाहाम्फे, प्रकाश भण्डारी, रुद्र फुयल, चन्द्रमणि पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

वन समूहका कोषाध्यक्ष लक्ष्मी श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन वन समूहकी सचिव जानुका ओलीले गरेकी थिइन् । सोही अवसरमा उपभोक्तालाई सामूहिक वनभोज गराइएको थियो । थोप्लेविरान वनमा ५५० जना उपभोक्ता छन् । उक्त वन पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको छ ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
