नृत्य विधामा मेचीनगरका तीन विद्यालय जिल्ला प्रथम
मेचीनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) झापाको हालै सम्पन्न जिल्लास्तरीय प्रतियोगितामा मेचीनगरले नयाँ रेकर्ड बनाउन सफल भएको छ ।

हिमालयन इङ्लिस हाई स्कूल
झापा प्याब्सनको पुस २४ र २५ गते आयोजित जिल्लास्तरीय प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रममा मेचीनगरका तीनवटा निजी विद्यालय नृत्य विधामा प्रथम भएका हुन् । मेचीनगरको झापा नेशनल स्कूल (कल्चरल डान्स), हिमालयन इङ्लिस हाई स्कूल मेचीनगर–९ (नेशनल डान्स) र मेचीनगर–१० को हिमालयन इङ्लिस एकाडेमी (मोर्डन डान्स) मा प्रथम भएको हो । प्रथम भएसँगै तीनवटै विद्यालयले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छन् ।

झापा नेशनल स्कूल
पहिलो पटक मेचीनगरका निजी विद्यालयले एकैपटक तीनवटा उपाधि जितेको भन्दै प्याब्सन मेचीनगरले खुशी व्यक्त गरेको छ । प्याब्सनले मंगलबार पत्रकार सम्मेलन गरी विजेता बनेका स्कूलहरुलाई बधाई दिएको हो ।

हिमालयन इङ्लिस हाई स्कूल
पत्रकार सम्मेलनमा प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचालले सबै पक्षको सहयोगबाट ऐतिहासिक सफलता मिलेको बताए । “उपाधिले हामीमा थप हौसला प्रदान गरेको छ,” उनले भने, “यो सफलतालाई शैक्षिक क्षेत्रमा राम्रो उपलब्धीका रुपमा प्याब्सन मेचीनगरले लिएको छ ।”
प्याब्सन मेचीनगर सचिव नेत्र खतिवडाले सञ्चालन गरेको कार्यक्रममा निजी विद्यालयका संस्थापक सञ्चालक तथा प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो ।

पत्रकार सम्मेलनमा प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचाललगायत
कार्यक्रममा कमल भेटवाल, पदम रुचाल, भोजराज कार्की, कमल नेपाल, धनराज थापा मगर, लगायतको आतिथ्यता रहेको थियो ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...

