नेशनल नृत्यमा हिमालयन स्कुल जिल्ला प्रथम

मेचीनगर । झापाकाे मेचीनगर-९, धुलाबारीमा रहेकाे हिमालयन इङ्लिस हाई स्कुल जिल्लास्तरीय नेशनल नृत्य प्रतियोगितामा प्रथम भएको छ ।
प्याब्सन दिवसको अवसरमा भद्रपुरमा आयोजित प्रतियोगितामा हिमालयन प्रथम भएको स्कुलका निर्देशक धनराज थापाले जानकारी दिए ।
हिमालयन यसअघि मेचीनगरस्तरीय नृत्य प्रतियागितामा पनि प्रथम हुँदै जिल्लास्तरीय प्रतिस्पर्धाका लागि छनोट भएको थियाे ।
मेचीनगर–९ मा स्थापना भई त्यस क्षेत्रको शैक्षिक विकासमा निरन्तर लागिरहेको सो विद्यालय विगत २ वर्षदेखि नयाँ व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ ।
अझ नयाँ जोश र जागरका साथ विद्यार्थीको सर्वाङ्गीण विकासमा लाग्दै आइरहेको हिमालयन अन्य अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहँदै आएको छ ।

काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...

मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...