मागुरमाडी वन अध्यक्षमा कांग्रेसका अमर फेरि निर्वाचित
धुलाबारी । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं १ को अध्यक्षमा नेपाली काँग्रेसका अमरबहादुर लिम्बू पुनः निर्वाचित भएका छन् । उनी यसअघि पनि अध्यक्षमा निर्वाचित भएका थिए ।
वन समूहको आइतवार राती सम्पन्न निर्वाचन परिणाम अनुसार अध्यक्षमा निर्वाचित लिम्बूले ६३८ मत ल्याए भने उनका प्रतिस्पर्धी एमालेकी संगीता गजुरेलले ३४७ मत ल्याइन् ।

समूहको उपाध्यक्षमा एमालेका जोखेन मेचे निर्वाचित भएका छन् । उनले ३८० मत ल्याए । उपाध्यक्ष पदका अर्का नेपाली काँग्रेसका उम्मेद्वार भरत रेग्मीले ३२५ मत ल्याए । यस्तै, स्वतन्त्र उम्मेदवार लोकनाथ काफ्लेले २४२ मत ल्याए ।
सचिवमा एमालेकी कमला गौतम ४९४ मत ल्याएर पुनः निर्वाचित भएकी छिन् । उनका प्रतिस्पर्धी काँग्रेसकी दिलकुमारी तामाङले ४२५ मत ल्याइन् । सहसचिवमा काँग्रेसकी विना आङ्दाम्बेले ४६९ मत ल्याएर निर्वाचित भइन् भने उनका प्रतिस्पर्धी एमालेका उद्धव तिम्सिनाले ४४६ मत मत ल्याए । यस्तै, कोेषाध्यक्षमा काँग्रेसकी कविता कार्कीले ६१५ मत ल्याएर निर्वाचित भइन् । उनका प्रतिस्पर्धी कल्पना थापा मगरले ३१६ मत ल्याइन् ।

क्षेत्रीय सदस्यमा क्षेत्र नं १ बाट गणेशकुमार राई र सरु राई बेघा, २ बाट प्रदीप लिम्बू र शान्ता डाँगी, ३ बाट कृष्णकुमार बस्नेत र देविका खड्का चापागाईं, ४ बाट सोमराज बस्नेत र मीना आचार्य तथा क्षेत्र नं ५ बाट युवराज रेग्मी र माया निरौला निर्वाचित भएका छन् ।
वन समूहमा कुल मतदाता संख्या १३८५ रहेकोमा १०५८ जना उपभोक्ता मतदानमा सहभागी भएको कार्यालय सचिव तिर्थ खड्काले बताए । एक उपभोक्ता घरधुरी बराबर दुईजना (एक पुरुष, एक महिला) सदस्य मतदाता थिए । निर्वाचनमा १७ मत बदर भएको थियो । १५ पदका लागि निर्वाचन भएको हो भने बाँकी दुईजना सदस्य पहिलो बैठकले मनोनित गर्ने प्रावधान रहेको छ ।
वन समूहको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमाले मैदानमा उत्रिएका थिए । दुवै पार्टीले निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका थिए । निर्वाचनमा माओवादी केन्द्र र राप्रपाले एमालेलाई मौन समर्थन गरेको बुझिएको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
