औषधीजन्य वनस्पतीको खेतीमा प्रोत्साहन गर्दै महेन्द्रद्वार सहकारी
बाहुनडाँगी । श्री महेन्द्रद्वार बचत तथा ऋण सहकारी संस्था लि। ले मेचीनगर ४ स्थित मेची नदीको किनारमा जडिबुटी खेति गरिरहेको छ । सो खेतीको अगुवाई महेन्द्रद्वार सहकारी संस्थाद्वारा सञ्चालित सनराइज हर्वल उद्योगले गरेको छ । हर्वल उद्योगको ४० लाख रुपैयाँ लगानीमा स्थानीय ३३ जना किसानले आफ्नो ३० विगाह जग्गामा बहुउपयोगी औषधिका रुपमा रहेको वनस्पती लेमनग्रास र सिट्रोलेनाको खेती सुरु गरेका छन् । हाल करिब ३० बिघामा जमिनमा रोप्ने र पछि त्यसलाई कम्तीमा सय बिघामा फैलाउने योजना रहेको संस्थाका अध्यक्ष राजकुमार दाहालले बताए ।
सहकारीले आइतबार बाहुण्डाँगी स्थित हात्ती रिसोर्टमा अन्तरक्रिया कार्यक्रम गर्दै जडिबुटी जन्य खेतीमा लाग्न प्रोत्साहन गरेको छ । सहकारीले विशेषः लेमनग्रास र सिट्रोलेना जस्तो घाँसीय जडिबुटी खेती गर्न किसानहरुलाई प्रेरित गरेको हो । किसानहरुलाई जडिबुटि खेती गर्न प्रोत्साहित गरेका संस्थाका अध्यक्ष राजु दाहाल, समिति सदस्य निरौलाले धान खेती भन्दा बढी आम्दानी हुने दावी गरेका छन् । संस्थाले किसानहरुको आम्दानीको ग्यारेन्टी गरिदिने समेत बताएका छन् ।

अन्तरक्रिया कार्यक्रमको प्रशिक्षकको रुपमा आएका नेपाल जडिबुटी महासंघका केन्द्रीय सदस्य दिपक नेपालले उक्त घाँसीय जडिबुटीहरुमा हात्तीको नलाग्ने बताएका छन् । त्यसै गरी उनले उक्त जडिबुटीहरु आयुर्वेदिक औषधी र सौन्दर्य सामाग्र निर्माणको लागि प्रयोग हुने भएकाले यसबाट प्रसस्त आम्दानी हुने बताएका छन् ।
औपचारिक रुपमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष राजकुमार दाहालले गरेका थिए भने प्रमुख अतिथिको रुपमा मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कुमार कार्कीको उपस्थिति रहेको थियो । त्यसै गरी बिशिष्ट अतिथिका रुपमा मेचीनगरका सहकारी विभाग प्रमुख दिपेन्द्र कार्कीको उपस्थिति रहेको थियो भने अतिथिहरुमा संस्थामा पूर्व अध्यक्षहरु सनत कुमार दाहाल, निलकण्ठ तिवारी, मेचीनगरका कार्यपालिका सदस्य कुन्दन निरौला, जनप्रतिनिधिहरु प्वन बराइली, गीता लुङ्गेली, धनमाया कोइराला र मानव हात्ती द्वन्द्व व्यवस्थापन समितिका अध्यक्ष हरी उप्रेती लगायतको उपस्थिति रहेका थियो ।

त्यसैगरी प्रशिक्षकको रुपमा नेपाल जडिबुटी महासंघका केन्द्रीय सदस्य रामहरी नेपाल र दिपक नोलको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत समितिका सदस्य कुन्दन निरौलाले राखेका थिए भने सञ्चालन सदस्य प्रकाश ढुंगानाले गरेका थिए ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
