मेचीनगर : हात्ती नियन्त्रणका लागि पहल सुरु
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा हात्ती नियन्त्रणका लागि पहल सुरु भएको छ । विगत लामो समयदेखि भारत तथा नेपालको अन्य क्षेत्रबाट आएका जंगली हात्तीको समस्या झेल्दै आएका मेचीनगरबासीको समस्यालाई मध्यनजर गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको समन्वयमा मेचीनगर क्षेत्रभित्र हात्ती नियन्त्रणका लागि फेन्सीङ तारबार लगाउने कार्य अगाडी बढेको छ ।
पहिलो चरणमा नगरको पन्द्र किमि फेन्सीङ सोलार तारबार लगाउने कार्य अगाडी बढेको नगरप्रमुख बुढाथोकीले जानकारी दिए । उनका अनुसार ३ करोडको लागतमा चारआली खण्डमा ६ किमि र बासबारी सामुदायिक वन र कालिका सामुदायिक वनको सिमानाबाट टिमाइ खोलासम्म ९ किमिमा फेन्सीङ तारबार लगाउने कार्य अगाडी बढाइएको छ ।

नगरप्रमुख बुढाथोकीका अनुसार मेचीनगर क्षेत्रमा बाहुनडाँगीदेखी चारआली सम्म १५२ किमि फेन्सीङ तारबारलगाउने योजना भएको बताउँदै बाँकी रहेको स्थानमा दोस्रो चरणमा कार्य अगाडी बढाउने बताए ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...