बिन्ती साकोसको १४ औँ साधारण सभा सम्पन्न
मेचीनगर । बिन्ती बचत तथा ऋण सहकारी संस्थाको १४ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । मेचीनगर–५ स्थित घैलाडुब्बा शिवालय मन्दिरको सभाहलमा साधारणसभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष दशरथ खडियाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विपी भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मेचीनगर नगरपालिकाका सहकारी विभाग प्रमुख दिपेन्द्र कार्की, महेन्द्रद्वार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजकुमार दाहाल, नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष होमराज गुरुङ, दुर्गेश्वरी कृषि सहकारी संस्थाका अध्यक्ष सन्तोष मेचेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाले अघिल्लो आर्थिक वर्षदेखि किसानहरुका लागि सहुलियत दरमा अनुदानको रासायनिक मल, बिऊ बिजन बिक्री वितरण गर्दै आइरहेको संस्थाका अध्यक्ष दशरथ खडियाले जानकारी दिए । अध्यक्ष खडियाले संस्थाले चाँडै नै कृषि क्षेत्रमा समेत लगानी गर्ने बताए । संस्थाले यही आर्थिक वर्षदेखि सदस्यहरुको लागि मोबाइल बैंकिङ सेवा समेत शुरु गरेको संस्थाका व्यवस्थापक आरती उराँवले जानकारी दिइन् ।
कार्यक्रममा उत्कृष्ट बचतकर्तातर्फ सुनिता उराँव र नितेश खडिया, असल ऋणीतर्फ सखीलाल धिमाल र विष्णुमाया कट्वाल तथा उत्कृष्ट कर्मचारीको रुपमा किशोर उपरकोटीलाई नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष खडियाले प्रस्तुत गरेका थिए ।
संस्थाका उपाध्यक्ष प्रेमबहादुर देवकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका श्रृजनाचोक सेवा केन्द्र प्रमुख किशोर उपरकोटीले गरेका थिए ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
